सुनको मूल्यमा ४ सय ९९ रूपैयाँले वृद्धि

 काठमाडौ  वैशाख १२,

केही दिनअघि आकस्मिक रूपमा ह्वात्तै घटेको सुनको मूल्य बिस्तारै उकालो लाग्ने क्रममा छ । दिनानुदिन सामान्य रुपले बढ्दै गएको सुनको मूल्य बिहिबार अर्थात् आज पनि बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्यमा प्रतितोला ४ सय ९९ रूपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५१ हजार ९ सय ९९ रूपैयाँ र तेजावी सुनको प्रतितोला ५१ हजार ७ सय ८४ रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएकाले नेपालमा पनि बढेको महासंघले जनाएको छ । 

दुई दिनमा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेर ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएपछि बजारमा हलचल नै आएको थियो । सुनको भाउमा आएको गिरावटले कारोबार समेत प्रभावित बन्न पुगेको थियो । चाँदीको भाउ भने स्थिर छ । चाँदी एक सातादेखि ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com