अब देखी म पारा पारा को गजल लेख्छु
पारा भित्र दुनियाँ सारा को गजल लेख्छु
तिमी केवल धर्ती को मात्र कुरा गर्छो
धर्ती संगै जुन तारा को गजल लेख्छु
भाग्य ले सबै कुरामा ठगे पछी बिचरा
अभागि त्यो कर्म हारा को गजल लेख्छु
सबै सर्बनास पारी अस्तित्व नै मेटायो
उही पापी ज्यान मारा को गजल लेख्छु
जलश्रोत को दोस्रो धनी देश नेपाल जहाँ
पिउन पानी छैन धारा को गजल लेख्छु
शान्ति भुमी अहिम्साका अनुन्याइ हामि
हिम्सा होईन भाइ चारा को गजल लेख्छु
नवराज भट्ट