काठमान्डू चैत्र २३,
राष्ट्रसंघका महासचिब बानकी मुनले उत्तर कोरियाका कारण विश्वमा युद्धको खतरा बढ्दै गएको बताउनु भएको छ । उत्तर र दक्षिण कोरियाबिच हालैका दिन यता देखा परिरहेको विवादलाई संबोधनत गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो ।
मुनले उत्तर कोरियाको कारण हालैका केहि दिनयता बाताबरण विग्रीएको पनि बताउनुभयो । उत्तर कोरियाको भनाई एक युद्धमा धकेल्ने प्रयास जस्तो देखिएको छ, उहाले भन्नुभयो । उत्तर कोरियाले केहि दिन अघि मात्रै दक्षिण संग औपचारिक युद्धको घोषणा गरेको थियो ।
उत्तर कोरियाले दैनिक जसो नै दक्षिण कोरिया र अमेरीका विरुद्ध दिएको युद्धको धम्कीका कारण यो अबस्था आएको मुनले टिप्पणी गर्नुभएको छ ।एजेन्सी:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै