गजल :By, आरके थापा



गत साल झुरै भयो नहोस अब त्यस्तो हाल ।।
खुशीको त्यो बहार बोकी फेरी आयो नया साल ।।

चार जात छत्तिस वर्ण साझा यो फूल वारिमा,
जुनै फूल फुले पनि उनियोस एउटै माला ।।

ए हिमाल,ए पाहाड,ए तराई,ए मधेस हो,
हाम्ले चाल्ने पाईलाहरु हुनु पर्छ एकै चाल ।।

शान्ति छाओस हेटरै जाओस हत्या हिंसा अब,
नफुटोस कुनै ज्वालामुखी नआओस है छाल ।।

भ्रस्टचारी सामन्तिको अन्त्य होस हाम्रो देशमा,
सोझा साझा निमुखाको नहोस याहाँ झेल झाल ।।

गत साल झुरै भयो नहोस अब त्यस्तो हाल ।।
खुशीको त्यो बहार बोकी फेरी आयो नया साल ।।

आरके थापा
बोच-दोलखा
हाल साउदी,अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com