काठमान्डू चैत्र १८,
नेपालको चर्चित ब्लग माइसन्सार डट कम कान्तिपुर मिडिया ग्रुपले किन्ने भएको छ । सबैजसो मिडियामा एकछत्र राज गरिरहेको कान्तिपुरले ब्लगिङ क्षेत्रमा पनि आफ्नै प्रभुत्व जमाउन यस्तो योजना बनाएको बुझिएको छ ।
ब्लग बिक्रीबारे माइसन्सारका सञ्चालक/ सम्पादक उमेश श्रेष्ठ (सालोक्य) ले भने केही बताउन चाहेनन् । अनलाइनहरुबीच भैरहेको तिब्र प्रतिष्पर्धाबीच कान्तिपुरले चर्चित ब्लग माइसन्सार डट कम किन्ने तयारी गरेको हो ।
वेबसाइटहरुको लोकप्रियता मापन गर्ने वेबसाइट एलेक्सामा माइसंसार डट कम नेपालको ३३ औँ स्थानमा छ ।
कान्तिपुर मिडिया ग्रुपको ईकान्तिपुर डट कम अनलाइनखबरसँग एलेक्सामा स्थान बढाउन प्रतिष्पर्धा गरिरहेको छ । नेपाल रिपब्लिक मिडियाको अनलाइन नागरिकन्यूज डट कम र इकान्तिपुर डट कमबीच पनि यसका लागि तीब्र प्रतिष्पर्धा छ ।
कान्तिपुरले केही अन्य चर्चित ब्लगहरुपनि किन्ने तयारी गरेको श्रोत बताउँछ ।
कान्तिपुर श्रोतका अनुसार आकारपोष्ट डट कम र दुरसंचार डट कमसँग यसबारे कुरा अघि बढिसकेको छ ।
सन् २००५ को अप्रिलदेखि सुरु भएको माइसन्सार डट कम नेपाली भाषाको पहिलो ब्लग हो ।
माइसन्सार र कान्तिपुरबीच केही दिनभित्रै सहमति पत्रमा हस्ताक्षर हुने बुझिएको छ । माइसन्सार र कान्तिपुरबीच तयार भएको सहमतिको ड्राफ्ट मिडिया कुराकानीले फेला पारेको छ । (मेदियखबर)