भर्जिनिया बिश्वबिद्यालयमा भब्य नेपाली सांस्कृतिक कार्यक्रम With Video...


अमेरिका ,भर्जिनिया अप्रिल ०१,

नेपाली बिद्यार्थीहरु अध्ययन गर्ने मध्ये कै ख्याती प्राप्त गर्न सकेको जर्ज मेसन बिश्वबिद्यालय ,भर्जिनियामा अध्ययनरत बिद्यार्थीहरुको तेश्रो बार्षिक सांस्कृतिक कार्यक्रम बिबिध कार्यक्रमको साथ आयोजना गरेका छन् 

टेस्ट अफ नेपाल अर्थात् नेपालको स्वाद अन्तर्गत नेपालका संस्कृति झल्किने ,नेपालका बिभिन्न जातजातिका भेषभुषा ,नृत्य,गीत ,र भेषभुषा प्रदर्शन गर्दै नेपालको परम्परा ,कला र संस्कृतिको प्रबर्धन गरिएको थियो 

उक्त कार्यक्रममा उक्त बिश्वबिद्यालयका सल्लाहकारहरु डा रमेश पन्त तथा ब्यारी ह्याकले हर्ष व्यक्त गर्दै नेपाली बिद्यार्थीहरुको सरहना गरेका थिए  उक्त कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा शंकर प्रसाद शर्मा प्रमुख आतिथ्य ग्रहण गर्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो 

उक्त कार्यक्रममा वाशिंगटन डिसी वरीपरि बसोबास गर्ने नेपाली समुदाय तथा अभिभावकहरुको भिड रहेको थियो  उक्त कार्यक्रममा अर्चना मानन्धर ,धर्म जोशी तथा शिला चन्दले क्रमस उद्घोषण गएका थिए भने कार्यक्रमको अधक्ष्यता गर्नु भएकी समिक्षा सापकोटाले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेकी थिइन्


====>> Video............

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com