बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को २०१३ -२०१५ को कार्य समितिको निर्वाचनमा विजय श्रेष्ठ दोश्रो कार्यकालको पुन बिजयी भएका छन् । मार्च २४ तारिख आज बिहान पूर्व सूचित समय अनुसार ८ बजे देखि साँझ ५ बजे सम्म निर्वाचन प्रक्रियामा मतदाताहरुले आफ्नो मत खसाएका थिए । स बर्ष भएका सदस्यहरु मध्ये करिब ७० प्रतिशतले निर्वाचनमा मत खसाएका थिए ।
धक्ष्य पदमा पुन बिजयी हुनु भएका विजय श्रेष्ठ ब्यबसायी हुन् भने सबैसंग मिलेर काम गर्ने भन्दै बानाले लिएको लक्ष्यलाई होस्टेमा हैसे गर्न आग्रह गरेका छन् । सबैको सहयोग र सल्लाहबाट बाना अगाडी बढ्ने भन्दै सम्पूर्ण मतदाता ,शुभ चिन्तक र अन्य सबैलाई धन्यबाद दिएका थिए । वनिर्वाचित अधक्ष्य विजय श्रेष्ठले आग्रह र पूर्वाग्रहलाई त्यागी समाजको प्रगति र उन्नतिको हितको लागि सबै एक ढिक्का हुनु पर्छ भन्ने अभिव्यक्ति दिएका छन् ।
श्रेष्ठले आफ्नो कार्यकालमा सामुदायिक भवनको निर्माणमा दत्त चित्त भएर लाग्ने प्रतिबद्दता जाहेर गरेका छन् । १ दशक लामो ईतिहास बोकेको बाना यस पालिको निर्वाचनमा चर्चाको शिखरमा पुग्न गयो र सबै कुना कन्दरा थर्किन पुग्न गयो । उक्त चुनाबमा अधक्ष्य पदका प्रत्यासी उम्मेदवारहरुले सदस्य सम्बन्धिको बिषयलाई लिएर मत भिन्नता भएको कारण र निकास नपाएको भन्दै निर्वाचनमा सहभागी नहुने भनि सूचना सार्वजनिक गरेका थिए lनिर्वाचन परिणाम पश्च्यात बिभिन्न संघ तथा संगठनका प्रतिनिधिहरुले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।
प्रमुख निर्वाचन आयुक्तले नव निर्वाचित कार्यकारी समितिलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो l उक्त कार्यक्रम कार्यबाहक अधक्ष्य गर्नु भएका ओम बहादुर तुलाचनको अधक्ष्यतामा भएको थियो भने कार्यक्रम संचालन महासचिब परु राम थापाले गरेका थिए । नव निर्वाचित पदाधिकारीहरुमा निम्न उम्मेदवारहरु बिजयी भएका छन् ।
विजय श्रेष्ठ -अधक्ष्य ,केमिका भण्डारी -वरिस्ठ उपाधक्ष्य –निर्बिरोध ,हिक्मत मान श्रेष्ठ -उपाधक्ष्य ,केशब आचार्य -महा सचिब -निर्बिरोध,मोहन पन्त -सचिब ,राम कृष्ण भट्टराइ - कोषाधक्ष्य ,कविता घिमिरे - सदश्य निर्देशक ,शालिक राज शर्मा वाग्ले - सूचना निर्देशक -निर्बिरोध,सदश्यहरुमा क्रमस :दिपक राना ,हिक्मत बहादुर बिक -निर्बिरोध,निरज मान श्रेष्ठ ,कमला भुसाल ,बल बहादुर गुरुङ ,सुबोध विलास पन्त ,मुकुन्द अधिकारी र गीता भुसाल रहेका छन् ।