महान्यायाधीवक्ता पद र गोपनीयताको लिए शपथ

काठमाडौं, चैत १३,

राष्ट्रपति रामवरण यादवको उपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीश दामोदर शर्माले नवनियुक्त महान्यायाधीवक्ता द्रोणराज रेग्मीलाई सोमबार महान्यायाधीवक्ता पदको र गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा भएको सो शपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, निजामती, जङ्गी तथा सुरक्षा निकायलगायत वरिष्ठ पदाधिकारीको उपस्थिति थियो।

महान्यायाधीवक्तामा हिजो नियुक्त हुनुभएका रेग्मी यसअघि महान्यायाधीवक्ताको कार्यालयमा अवकाशप्राप्त नायव महान्यायाधीवक्ता थिए। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com