यो जिन्दगी खोइ के जिन्दगी ?
न कसैको प्रतिक्षा, न बिछोडको पीडा
फगत रित्तो आस र उमङ्ग बिहीन
पलासको फुल जस्तो न बास्ना,न कामना
अन्माएर बेहुली रित्तिएको जग्गे जस्तो ,
रित्तो यो जिन्दगी ,
यो जिन्दगी खोइ के जिन्दगी ?
बगरमा खरानी भैसकेको चिता झैं
सुन्सान छ जिन्दगी ,
पराल झैं सुस्क र सुख्खा छ जिन्दगी ।
घात प्रतिघातको असिनाले
उपेक्षित र अपमानीत चोटले
छीयाँ छीयाँ छ जिन्दगी ,
यो जिन्दगी खोइ के जिन्दगी ?
समारोहमा पनि एक्लो छ
संगीतमा बिना सरगम जस्तो छ
मृत्युलाई पर्खाएर नियातीले बचाएको जिन्दगी
मारेर शीकारीले चखेवा ,
एक्लिएको ढुकुर झैं एक्लो छ जिन्दगी
यो जिन्दगी खोइ के जिन्दगी !
सुरेन्द्र सुरेन्द्र