गजल : By, आरके थापा,



दु:ख पिडा पिर मर्कालाई,हरेका छौ नारी ।।
आहाँ ! मुहारमा हाँसो खुशी,छरेका छौ नारी ।।

अनेक बाधा आउँदा पनि,हिम्मत कसेर,
अग्रसरमै सबको सामु,परेका छौ नारी।।
...
चेतनाको विगुलहरु ति,फुग्दै फुग्दै याहाँ,
पाहाड देखी तराई सम्म,झरेका छौ नारी।।

आधा भाग धर्ती ओगटेर,मात्र पनि हेर,
संसार भर ज्ञानको ज्योति,छरेका छौ नारी।।

आफ्नो देशमा मात्र हैन है,प्रदेशमा पनि ,
चिनाउदै देशलाई अगि,सरेका छौ नारी ।।

दु:ख पिडा पिर मर्कालाई,हरेका छौ नारी ।।
आहाँ!मुहारमा हाँसो खुशी,छरेका छौ नारी ।।

आरके थापा,
बोच-दोलखा
हाल,साउदी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com