ए एन ए ३१ औ न्यु योर्क सम्मेलन प्रारम्भिक मूल समारोह समिति गठन


 भर्जिनिया ,अमेरिका फागुन २७, 

अमेरिका ,न्युयोर्क ,मार्च ९ ,२०१३ का दिन ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) सम्मेलनका प्रमुख संयोजक समिर महर्जनको संयोजकत्वमा ३१ औ ए एन ए सम्मेलनलाई भब्य बनाउने उदेश्य अनुरुप एक प्रारम्भिक चरणको मूल समारोह समितिको गठन गरेको छ। 

आगामी दिनमा थुप्रै समितिहरुको गठन गर्नु पर्ने अपरिहार्यता भए पनि सम्मेलनको मिति र तिथि नजिकदै गएको महसुस गरि शुभ कामको लागि ढिलो नगर्ने उदेश्य अनुरुप यो प्रारम्भिक समिति गठन गरिएको जानकारी प्रमुख संयोजक समिर महर्जनले दिएका छन ।

 ेहि दिन भित्र नै सम्मेलन स्थल ( होटल ) को पनि टुंगो लाग्ने कुरामा बिश्वस्त रहेको भन्दै सम्मेलन मिति जुलाई ४-६ (बिहिबार ,शुक्रबार र शनिबार ),२०१३ हुने जानकारी महर्जनले दिएका छन  एन ए (नेपाली अमेरिकन संघ)ले स्थापना काल (१९८३ )देखि निरन्तर रुपमा हरेक बर्ष जुलाई ४ तारिख अमेरिकन स्वतन्त्रता दिवसको सप्ताहमा मनाउदै आई रहेको छ lन्युयोर्क ,पाचौ पटक सर्बाधिक ए एन ए सम्मेलन गर्ने अवसर पाएको छ । सम्राट राज्य द्वारा आफ्नो पहिचान बनाएको न्यु योर्कले १९८३,१९८८ ,१९९२,२००६ र २०१३ (पहिलो ,छैठौ ,दशौ,चौबिशौ र एकतीसौ सम्मेलन ) ए एन ए सम्मेलन गर्ने ईतिहास रचेको छ।  
हाल लाई प्रारम्भिक १२ सदश्यीय आयोजक समिति बनाउनु परेको र अन्य समिति बिस्तार शिघ्र गरिने जानकारी मुख्य संयोजक महर्जनले दिएका छन् । यस पाली न्यु योर्कमा सम्मेलन भएकोले पाच हजार भन्दा बढ्ता सहभागी हुने अनुमान गरिएकोले आयोजक समिति पनि ठुलो नै बनाउने बिचार गरि रहेको छौ भनि मुख्य संयोजकले जनाएका छन् । 

प्रारम्भिक आयोजक समिति निर्माण भएता पनि केहि संसोधन ,परिमार्जित र थप आदि ईत्यादि गर्न सकिने र यसको लागि आयोजक समिति खुला रहेको भन्दै निरन्तर सम्मेलन समाचार आई रहने जानकारी दिएका छन् । सम्पूर्ण समुदाय सदस्य ,शुभ चिन्तक तथा संचारकर्मीहरुलाई सहयोग गर्न हुन् अनुरोध गर्दै न्यु योर्क सम्मेलन उदाहरणीय बनाउने दृढ संकल्प लिएका छन् ।
१२ सदस्यीय समितिका प्रमुख समिर महर्जन सम्पूर्ण विभागको प्रमुख हुने छन् । ए एन ए सम्मेलनमा हरेक बर्ष सम्मेलन गोष्ठी( फोरम )को आयोजना गरिन्छ र अत्यधिक गोष्ठी (फोरम )संचालनको समय एक साथ जुध्ने ,एक पछि अर्को गोष्ठी (फोरम )कार्यक्रमको समय अवधि छोटो हुने ,प्रवक्ता र अन्यलाई सहभागी हुन् कठिन भएको देखिएकोले ए एन ए सम्मेलनमा गोष्ठीको लागि गोष्ठी मात्र हुने हुनाले यसलाई अझ बैज्ञानिक र उदाहरणीय बनाउने हेतुले  ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले उक्त फोरम (गोष्ठी) कार्यक्रमको जिम्मा लिएका छन् ।

समिति सदस्यहरु निम्न  प्रकार रहेका छन् ...... 
समिर महर्जन - मुख्य संयोजक 
आदित्य महर्जन- सह -संयोजक 
एलान महर्जन - सहायक -मुख्य संयोजक 
केसब राज सेडाई - आर्थिक संयोजक 
यम रायमाझी -सम्मेलन आर्थिक अधिकृत 
सोनाम जी शेर्पा - जन सम्पर्क तथा उद्योग बाणिज्य महा संघ संयोजक 
सोनाम यूकेद तथा गिरिश राजभण्डारी (GMIN )ग्रास रुट मुभमेन्ट इन नेपाल)-दर्ता संयोजक 
न्यु योर्क नेपाली फूटबल  क्लब (NYNFC) -खेलकूद संयोजक 
उदय लाल श्रेष्ठ तथा आदित्य महर्जन  --कार्यक्रम(ईवेंट) योजना समिति संयोजक : 
सुर्य थापा -मिडिया संचार नेतृत्व (लिड)
छेवांग शेर्पालामा- फोरम (गोष्ठी ) कार्यकारी प्रमुख 
बिना विभागीय समिति - डा बिनोद शाह ,विश्व शाह र निर्मल प्रधान 

सम्मेलन सम्बन्धमा बिस्तृत र अन्य कुनै जानकारी चाहिएमा मुख्य संयोजक तथा फोरम सम्बन्धि कार्यक्रम गर्न चाहने ईक्षुक महानुभावहरुले मुख्य संयोजक समिर महर्जन (queensdiamond@gmail.com)तथा अन्तरिम अधक्ष्य छेवांग शेर्पालामा (emailsherpalama@gmail.com )संग ईमेल (बिधुतिय पत्राचार) गर्न सक्नु हुनेछ ल

विजय थापा
भर्जिनिया ,अमेरिका !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com