चौतारी त भत्काउने काम थाली सकेछन्
बर अनि पिपलको रुख ढाली सकेछन्
ति गाउँमा हुर्की मान्छे सहरपसी गावै भुले
मन भित्र मान्छेले नै स्वार्थी पाली सकेछन्
रोक दिदी दाजु भाई बिन्ति गर्छु सबैलाई
भ्रष्टचारी बलत्कारी कदम चाली सकेछन्
देख्दासबै छि-छि गर्छ भयो पनि घिनै लाग्दो
देशलाई नंग्याएर लुगा फाली सकेछन्
छैन कुनै अस्तित्व नै खरानी सो सरा भा’छ
देश हाम्रो सुकाएर दाउरा बाली सकेछन्
पूर्ण ‘कान्छा’ गुरुङ
ओखलढुंगा