इज़रायल फागुन २१,
आज भन्दा १०३ बर्ष अगाडि नुर्योर्कमा समाजवादी विचारका केही साहसि महिलाहरु
ले आफुले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण्ँ गरेको महिला दिवस अहिले विश्व भरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरु
बिभिन्न बेग र उचाई लिएर समय सापेÔ आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले
पनि जारिनै छ ।
विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहा“ महिलाको
उपस्थिती नरहेको होस् । बर्षेनी मनाउ“दै आइरहेको “नारी दिवस” नारी आन्दोलन
तथा महिला विकास सम्बन्धी अन्य अनगन्ती कदमहरुले समाजमा आमुल परिवर्तन ल्याएको
छ । भ्यान्टिना टेरेस्कोभाले झन्डै पचास वर्È अघि भेटेको अन्तरिÔ होस या अमेलिया
अर्नहार्टले एकल परिक्रमा गरेको आधा महासागरको आकाश, फ्लोरेन्स नाईटिन्गे
लले मलम लगाउन आरम्भ गरेका चोटहरु हुन् या दुई दुई वटा नोवेल पुरस्कार विजेता मेर
ी क्युरीले मिश्रण्ँ गरेका बैज्ञानिक प्रयोगशालाहरु हुन्, विगत सय वर्Èमा महिलाका यी काम
र योगदानलाई सबैले मनन गर्न थालेका छन् ।
समाजका हरेक क्षेत्रमा नारीको सहभागीता र उचाई हेर्ने हो भने अझै पनि महिला
मुक्ति आन्दोलनको आवश्यकता नपर्ला जस्तो ठानिंदैन तर पनि महिला दिवस या नारीवादी
आन्दोलन या महिलावर्गको हक र हितका लागि खोलिएका लाखौं सामाजिक संघ संस्थाहरुको
औचित्य सकिएको छैन किनकी हाम्रो देशमा अझै पनि महिला हिंसाका घटना रोकिएका छै
नन् ।
१ दाईजो नल्याएको निहुमा श्रीमान तथा परिवारका अन्य सदस्यद्वारा नारीकै हत्या ।
२ सामुहिक बलत्कारको बड्दो विकृती ।
३ छोरी जन्म्याएको कारण्ँ घरबाट निकालेर छोरा जन्माउनको लागि अर्को बिहे गर्नु
४ अल्ट्रासाउन्ड गरी हेर्दा गर्भमा छोरी रहेको थाहा पाउन साथ गर्भ पतन गराइदा छोर
ीको संख्या कमी हुनु ।
५ छोरीको जात हु“दा घरमा स–साना भाई बैनी हेर्नु पर्ने र काममा सघाउनु पर्ने
हु“दा स्कुलमा छात्राको संख्या न्यून हुनु ।
कुनै पनि देश होस् या ठाउ“ त्यहा“को परिभेस सांस्कृती या परिपाटिका अनुसार
फरक परेता पनि सबै समाचारका पीडित महिला नै रहेको पाइन्छ । विकासको हरेक क्षेत्रमा अगुवाई मानिएको आधुनिकताले बुलन्द छुन सफल अमेरिका जस्तो देशमा पनि यस्तै
घटनाहरु हुने गरेको पाइन्छ । पतिद्वारा वेपत्ता सुजन पाओल या त्यसैगरी वेपत्ता पारिएकी
लेसी पिटर्सन हुन् या सम्पत्तिको लोभमा परेर जघन्य हत्याको शिकार भएकी हाम्रै दे
शकी गीता ढकाल हुन् या कंगो या सुडानजस्ता मुलुकबाट अपहरित निरीह बालिकाहरु हुन्
जसले महिलाको दुरावस्थालाई झल्काउ“छन् ।
भारतको कलकत्ता, बम्बई, वेलायत, बैंकक, सो
भियतसंघ, पोल्यान्ड लगायतका शहरमा बाध्यताबस शारिरीक व्यापारमा संलग्न युवतीहरुको
व्यथाले महिला शोÈण्ँका आकार, अनुहार र परिस्थिती फरक भएपनि सबैले महिला हुनुको
कुनै न कुनै तरिकाले मुल्य चुकाएकै देखिन्छ । त्यति हु“दाहु“दै त्यो समाजको आथिर्क, शैशिक, धामिर्क, न्यायिक, आदि तत्वहरुले पनि प्रभाव पारेको हुन्छ ।
हाम्रो हिन्दू ग्रन्थका अनुसार महिलालाई भगवानको (देवी काली लक्ष्मी
दुर्गा सरस्वती आदी) दर्जा दिन्छन ममताकी खानि मानिने नारी माथि सोषण्ँ अन्याय
अत्याचार हिंसा बलत्कार बोक्सीको आरोप जस्ता अमानवीय व्यबहारहरु बारम्बार भैरहने
कारण्ँ अकालमा ज्यान गुमाउनु परेको हुन्छ भने नारीका गुण्ँगान गाइने कथाहरुले
हाम्रा धार्मिक ग्रन्थहरु, दन्त्यकथाहरु र यथार्थगाथाहरु भरिएका बालिंदै गएका छन् ।
ईतिहासका पानाहरु एकातिर विदुसी बिरङाना प्रतिमूर्ति भनेर नारीहरुको चित्रण्ँ गरिएको छ
भने अर्कोतिर तिनै नारीहरुप्रतिका सोच्नै नसकिने जघन्य अपराधका परिच्छेदहरुले त्यही
ईतिहास पोतने कोशिस गरिएको पाइन्छ ।
दुनिया“मा आफुले सबै भन्दा बढी माया र विश्वास गरेका आफुलाई सुरक्षित महसुश गरिएका आफ्नै ब्यक्तीबाट सबै भन्दा जघन्य अपराध भोग्न बिवस छन् नारीहरु । आफ्ना कमजोरीबाट भाग्न पुरुÈजाति या समाजले कहिले बोक्सीको आरोपमा,
कहिले दाईजो कमी ल्याएको आरोपमा, कहिले अलि जोडले हा“सेबोलेको आरोपमा,
कहिले छोरा नजन्माएको आरोपमा महिलाहरुले शारिरीक, मानसिक, नैतिक सबै प्रकारका
अमानवीय व्यवहार भोग्न वाध्य बनाएका छन् ।
यस्ता पीडा र अवस्थाबाट उन्मुक्ति पाउन
महिलाहरुले अझै आन्दोलन सशक्त पार्नुपर्ने खा“चो छ । अर्काको कमजोरीको शिकार
बनी युगौं बिताएका महिलाहरुले आत्मसम्मान र आत्मविश्वासको सबैभन्दा बलियो हतियार
तथा आफूजस्तै अर्को महिलाको साथ पाउन सक्यो भने गर्न नसकिने केहि छैन । हामीले
आफ्नो हक अधिकार पाउनको लागि सबै नारी एक हांै । साहस र आत्मबल जुटाएर महिला
माथि भैरहेका जघन्य अपराध खास गरेर यौन शोषण्ँ र बलत्कार जस्ता घिनौना विकृतीलाई र
ोक्न आवाज उठायौं ।
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल