कविता : By, कल्पना पौडेल 'जिज्ञासु'



तिमी पनि मानब म पनि मानब
तर तिमीलाई मैले छुन सक्दिन
हाम्रो जात फरक छ रे आत्मियता
दर्साउदै प्रेमको अनुभुतिमा खुशीले

बिभोर हुँदै तिमीलाई अङालोमा कस्न
सक्दिन नत हात मिलाउन सक्छु न त
 दुई हात जोडेर शिष्टतानै गर्न सक्छु
किनकी हाम्रो बर्ग हैसियत, प्रतिष्ठा
सबै धेरै फरक छ रे तिमी दलित हौ
गरीब छौ तिरस्क्रित छौ तेसैले त
अपहेलित र अपमानित भएर हेपिन्छौ
म इमान, जमान र नैतिकताका कंगाल
 छु र पनि प्रतिष्ठाका निकै धनीछु
किन भने म ब्रामण हुँ हाम्रो अन्नपानी
नुन एउटैछ खुन एउटैछ तर हामी दुई
मान्छे बिचमा यती धेरै फरक किन ?
एकदिन सबै मरेरै जानु पर्छ
अजम्बरी त पक्कै हैन होला नि ?
हामीले टेक्ने धर्ती एउटै जुन तारा
चन्द्र आकाश एउटै अनी के मनुस्य
बिचमा मन भाबना आत्म कसरी फरक ?
हैसियत, मूल्य र प्रतिष्ठा फरक भएका
आचरण इमान जमान नैतीकता फरक
भएका मानब एक धर्तिमा बसेका छन
हामी कसरी फरक?कस्ले दिन्छ यस्को
जवाफ ??

 कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com