गजल : By, आरके थापा



जोडियको मुटुलाई,हटाउदा मन रुन्छ । ।
गाँसियको नातालाई,कटाउदा मना रुन्छ । ।

बिपनिमा हुने हैन,कुनै दिन साथ साथ,
सपनिमा घरी घरि,सताउदा मना रुन्छ । ।

रमाउदै दुबैजना,एकै बाटो हिडौ भन्दा,
नमानेरै अर्को बाटो,तताउदा मना रुन्छ । ।

भय जती सारा मन,उनैलाई सुम्पिदिदा,
उनको त्यो मायाँलाई,खटाउदा मना रुन्छ । ।

कुनै दिन कुनै रात,बस्ने हैन छेउ आई,
निस्चल यो मायाँलाई ,लताउदा मना रुन्छ । ।

जोडियको मुटुलाई,हटाउदा मन रुन्छ । ।
गाँसियको नातालाई,कटाउदा मना रुन्छ । ।

आरके थापा,
बोच-दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com