दुर्गा काली अनि सरस्वती सबै थिए नारी,
बन्छन आखिर सबै नै न्यानो एक छाहारी,
डर्थे कही बिष्णु पनि ध्वंस कतै होला भनि,
सम्मान साथ राख्या थिए सृष्टी बिधाता मानी ।
जुन दिन धरतीमा नरक लोकको दावा़ भयो,
ब्रह्माजी लाई एक योद्दा नारीको याद आयो,
राक्षसको सर्वनास गर्ने आदेश आयो दुर्गालाई,
गरी शिरोधार्य छुटाईन मानव यो लोकलाई ।।
खेलौना ठानि किन-बेच हुन्छ आज कलियुगमा,
कहाँ गए सबै आश्था अनि धरोहर नारी प्रतिमा,
साथी, आमा, दिदी, बहिनी, श्रीमती, छोरी, बुहारी,
किन यहाँ ठानिन्छ तुच्छ, भनिन्छ अवला नारी ।।।
सुरेश कटवाल
झापा, हाल गोवा