काठमाडौं, चैत १८,
'जैविक विविधता संरक्षणमा द्वन्द्व व्यवस्थापनः भविष्यको मार्गदर्शन' भन्ने नाराका साथ २९औँ वार्डेन सम्मेलन एवम् ११औँ मध्यवर्ती बैठक आजदेखि शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज शिवपुरीमा सुरु भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित चारदिने उक्त सम्मेलनमा विभाग अन्तर्गतका सबै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण एवम् संरक्षण क्षेत्रका वार्डेन, नेपाली सेना, नेपाल प्रहरी एवम् मध्यवर्ती व्यवस्थापन क्षेत्रका अध्यक्षहरुको सहभागिता छ।
सम्मेलनमा वन्यजन्तु संरक्षणका क्षेत्रमा देखिएका चुनौती र त्यसलाई समाधान गर्न अपनाउनुपर्ने रणनीति का बारेमा छलफल हुनेछ। वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर थापाले सम्मेलनको उद्घाटन गर्दै असारको पहिलो साताभित्रै निर्वाचन गराउने तयारी सरकारले गरिरहेको बताए।
उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्न सबै सरोेकारवाला संस्थाबीच समन्वय गरी अघिबढनु पर्ने खाँचो औंल्याए। विभागका महानिर्देशक मेघबहादुर पाण्डेले वन्यजन्तु संरक्षण तथा मानव र वन्यजन्तुबीच देखिएको द्वन्द्वलाई समाधान गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिए।
नेपाली सेनाका महासेनानी बाबुकृष्ण कार्कीले वन्यजन्तु संरक्षणमा थप जनशक्ति परिचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए। मध्यवर्ती व्यवस्थापन क्षेत्रका संयोजक लव अवस्थीले संरक्षण क्षेत्रको रकम त्यस क्षेत्रमै खर्च गर्नुपर्ने माग गरे। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै