फुले पछी झर्नु पर्छ हो कि होइन भन ।।
जन्मे पछी मर्नु पर्छ हो कि होइन भन ।।
मुखमा माड लगाउन पाइदैन त्यसै ,
दु:ख कस्ट गर्नु पर्छ हो कि होइन भन ।।
खेतका ति आलिमा झुल्दैन नी धान आफै,
विउ पनि छर्नु पर्छ हो कि होइन भन ।।
जीवन धान्ने नोकरी आफ्नो देशमा छैन्
समुन्द्र नै तर्नु पर्छ हो कि होईन भन ।।
एस आरम यस धर्तिमा मिल्दैन कवै
लेख बेशी सर्न पर्छ हो कि होइन भन ।।
फुले पछी झर्नु पर्छ हो कि होइन भन ।।
जन्मे पछी मर्नु पर्छ हो कि होइन भन ।।
आरके थापा , बोच- दोलखा
हाल , साउदी अरब