गज़ल : By, सनम गोले


 १
कता कता हराउने मान्छे म
आफैभित्र रमाउने मान्छे म

खै के के सोच्छु कुन्नि?? घरी
आफैमा बरबराउने मान्छे म

फगत अजीव मान्छे बनेछु कि
समाजलाई तर्साउने मान्छे म

कसरी भित्र भित्रै मैलिए छु ?
चारैतिर गनाउने मान्छे म

सा सानो केहि कुरा पाउनु हुन्न
ठुलो ठुलो कुरा बनाउने मान्छे म

                    २
तिम्रा खुशीहरूमा रमाउन सकु।
जीवनको यात्रामा हसाउन सकु।

सुख दुख जे आईपरे पनि सानु
खुशीसाथ हात समाउन सकु।

टाढा भएको बेलामा पनि सानु
मायाको आभाष पाउन सकु।

जीवनको हरेक मोडहरूमा सानु
अन्तबिहिन घर बसाउन सकु ।

अर्को जुनी पाएछु भने नि सानु
तिमी संगै माया लगाउन सकु।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com