जियाको नयाँ जमर्को


  काठमाण्डौ फागुन २२,

चलचित्र 'बर्बाद' मा उत्तेजक दृश्य दिएर चर्चामा आएकी नायिका जिया केसीले पुन त्यही ब्यानरको नयाँ चलचित्रमा पनि अभिनय गर्ने भएकी  छिन्। जिके शर्माले निर्माण गर्न लागेको 'दनक' मा जियाको मुख्य भूमिका रहने पक्का भएको बताइन्छ।

चलचित्रलाई 'बर्बाद' का निर्देशक रिम  विश्वकर्माले नै निर्देशन गर्नेछन्। चलचित्रको सम्पूर्ण छायांकन भारतका विभिन्न सहरमा गरिनेछ। चलचित्रले तीन चोर र एक प्रहरीको  कथालाई रमाइलो तबरबाट प्रस्तुत गर्ने बताइएको छ। यो चलचित्रका लागि एक नयाँ नायिकाको खोजी भैरहेको छ।

फागुनको २७ गतेदेखि  छायांकन सुरु हुन लागेको यो चलचित्रको निर्माण युनिट चैतको पहिलो साता भारतको गोवा प्रस्थान गर्नेछ। चलचित्र 'बर्बाद' मा जस्तै 'दनक'  मा पनि ग्ल्यामर दृश्य समावेश हुने निर्माता जीके शर्मा बताउँछन्।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com