गजल : By, पूर्ण ‘कान्छा’ गुरुङ



डाडापाखा फूल्ने लाली गुराँस खोज्दै छु
तिनै फूल्को रंग अनि सुबास खोज्दै छु

मरभुमी यो पहाड अनि बस्ति हरुमा
निस्चल र निर्मल म बतास खोज्दै छु

स्वदेश छाडी विदेश सम्म लागी परेरै
भोको पेटको निम्ति यहाँ गास खोज्दै छु

कति आए गए देशको नाईके बनेर
के-के गरे मेरो देशको विकास खोज्दै छु

नाना थरि धेरै बोले भाषण मात्र हो कि ?
संका लाग्छ ठुला कुराको खास खोज्दै छु

नेपाल नाम मेरो देशको हराई सक्यो र ?
भेटिन्छ कि भनि म ईतिहास खोज्दै छु

पूर्ण ‘कान्छा’ गुरुङ
ओखलढुंगा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com