ताप्लिजोङ फुङ्लिङमा माघ २६ गते ०३(फेब्रुअरी ८) साँझ अचानक आगोलागी भई भएका पीडितहरुलाई लिम्बुवान सोसाइटी अमेकिाद्वारा मार्च २७ (चैत्र १४) का दिन फुङलिङमा एक कार्यक्रमबीच मञ्चसम्बद्ध लिम्बुवानमार्फत् लाखौंको राहत प्रदान गरिएको छ ।
हाल अमेरिकामा रहनुभएका विभिन्न ४७ शुभेच्छुक व्यक्ति तथा सम्बद्ध परिवारबाट लिम्बुवान सोसाइटी अमेरिकाले सङ्कलन गरी पठाएको नगद रू. २,६०,०००। (अक्षरेपि दुई लाख साठी हजार) विभिन्न ८ घरधनीहरुलाई नगद रू. १५,६२५ र १८ डेराघर बस्नेहरुलाई रू. ७,५००।– का दरले राहत रकम वितरण गरिएको थियो । यसै कार्यक्रममा स्थानीय समाजसेवी तथा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला अध्यक्ष कीर्तिमान मादेनले थप नगद रू. १३,०००।– राहत सहयोग प्रदान गर्नुभएको थियो ।
स्थानीय समाजसेवी नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थितिमा लिम्बुवान सोसाइटी अमेरिकाको आग्रह अनुसार प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले एक कार्यक्रमबीच जम्मा २६ घर अग्निपीडित परिवारहरुलाई सो आर्थिक राहत सहयोग हस्तान्तरण गर्नुभएको हो ।
आगलागीबाट पीडित फुङलिङका ७ का ८ घरधनीहरु लाक्पा शेर्पा, मिङ्मा शेर्पा, मणि लिम्बू, कुमारहाङ लिम्बू, महनप्रसाद लिम्बू, कर्णधोज लिम्बू, डिल्लि गुरुङ र उमा गुरुङ रहनुभएको छ ।
यसैगरी, १८ डेराघर पीडित परिवारहरुमा एलिसा कार्की, रेन्जिखाम्डु शेर्पा, फुर्बा शेर्पा ‘ए’, मिङमा शेर्पा ‘ए’, कल्पना तामाङ, विजय राई, लालबहादुर लिम्बू, सरण लिम्बू, फुर्बा शेर्पा ‘बी’, लक्षिमा शेर्पा, इन्द्रमाया लिम्बू, नरेन्द्र लिम्बू, कमलकुमार हेल्लोक, आइतबहादुर हेल्लोक, लाक्पा शेर्पा ‘बी’, सुकमाया लिम्बू र मानबहादुर लिम्बू रहेका छन् ।
ताप्लिजोङ फुङलिङका आगलागी पीडितहरुलाई लिम्बुवान सोसाइटी अमेरिकामार्फत आर्थिक राहत सहयोग गर्ने विभिन्न ४७ जना व्यक्ति तथा परिवारहरुमा दिपेश लिम्बू, कुमार साम्बा, वीरेन्द्रहाङ लिम्बू, नगेन्द्र इङनाम, सुमन सुहाङ, तेन्जिङ उक्याव, देशहाङ लिम्बू, यागेश लिङदेन, धनबहादुर शेर्पा, महेश लिम्बू, प्रेम मेन्याङबो, पूर्णबहादुर थेबे, केबी थुप्पुको थेबे, शिव लाबुङ, पेम्बा ग्याबु शेर्पा, तेन्याङ लामा शेर्पा, केशरबहादुर मादेन, मानबहादुर राना मगर, चेतन सुब्बा चोङबाङ, टाशी शेर्पा, अनिल थाम्सुहाङ, दावा शेर्पा, विनोद पोमो, केशवराम राई, बुद्ध चेम्जोङ, चुङमा शेर्पा, टंक मगर, राम सोदेम्बा, देवेन्द्र सम्बाहाङफे, मुनिन्द्र नेम्बाङ, भिमबहादुर थापा, लाक्पा फिन्जो शेर्पा, दोङग शेर्पा, मनु लोहोरुङ÷राम राई, बीक्रम नेम्बाङ, बिन्दु सुब्बा तुम्बाहाङफे, गाम्बु शेर्पा, राजकुमार लिम्बू, भोजराज थोकर, रमेश राई, लुइश्याङ वाइबा, सुमिता लाबुङ, बीआर लामा, लक्ष्मण लामा, सङ्गीनी राना मगर, आदित्य महर्जन र मकर राई रहुनुभएको छ ।
ताप्लिजोङ फुङलिङ ७ को शेर्पाटोलमा आयोजित उक्त राहत वितरण कार्यत्रमको अध्यक्ष्ता मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समितिका अध्यक्ष किर्तिमान मादेनले गर्नुभएको थियो । वहाँले अध्यक्षता सो कार्यक्रमको औचित्यसमेत प्रकाश पार्नुभएको थियो ।
लिम्बुवान सोसाइटी अमेरिकाद्वारा अमेरिकमा आर्थिक सहयोग सङ्कन गरी पठाएको राहत रकम पीडितहरुलाई हस्तान्तरण गर्दै प्रमुख अतिथि कुमार लिङ्देन ‘मिराक’ले नेपालमा पहिचानसहितको संघीयता लागूभई अरुण–सप्तकोशीपूर्व ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापना गरी भ्रष्टाचारविहीन लिम्बुवान बनाउने हो भने विदेशमा रहनुभएका लाखौं नेपालीहरु नोपललाई सहयोग नर्ग तयार रहेको बताउनु भयो ।
कार्यक्रममा अगिनपीडितहरुको तर्फबाट सो समूहका अध्यक्ष उमा गुरुङ र डिल्ली गुरुङले बोल्दै लिम्बुवान सोसाइटी अमेरिका तथा त्यसमार्फत् आर्थिक राहत सहयोग गर्ने सबै सहयोगी महानुभावहरुलाई सबै पीडितहरुको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।