ललितपुर, चैत १६,
प्राकृतिक सुन्दरताले भरिपूर्ण दक्षिण ललितपुरको गिम्दीमा अहिले एक गुफा फेला परेको छ। आवश्यक प्रविधि र उपकरण जुटाउन नसक्दा गुफाबारे धेरै जानकारी लिन सकिएको छैन। त्यस गाविसका केही युवाले समूह बनाएर गुफाबारे जानकारी लिन खोजेको भएपनि सम्भव नभएको स्थानीय युवा पशुपति ज्ञामेमगरले बताए।
गुफाको केही मिटरभित्र पसेपछि पानीको आवाज आउने र गुफाको भित्ताहरुमा भगवान्का आकृतिहरु देखिएको पनि उनले उल्लेख गरे।
सो गुफा गिम्दी-८ स्थित साहुमारा भन्ने स्थानमा पर्दछ। ललितपुरको दुर्गम क्षेत्रका रुपमा रहेको सो गाविसमा तीन वर्षअघि देखि सार्वजनिक यातायात सञ्चालन हुन थालेको हो।
यातायात सुरु भएसँगै त्यस भेगमा पर्यटकको आवागमन पनि सुरु भएको छ।
लगनखेलबाट ६७ किलोमिटरको दूरीमा रहेको सो गाविसमा हप्तामा करिब पाँचजना पर्यटक पुग्ने गरेका छन्।
त्यस भेगमा जाने दुईवटा गाडी बिहान ७ बजे र ९ बजे गरी छुट्ने गर्दछ। सहरी जीवनबाट दिक्क भएका मानिसलाई मन बहलाउन यो उपयुक्त स्थान हुनसक्ने स्थानीयवासी बताउँछन्। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै