थाहै पाइन मध्यरातमा उठेर पो गयौ
मेरो सारा धन सम्पती लुटेर पो गयौ
भोको सम्झे खान दिए गल्ति मेरो रैछ
जुन थालमा खायो तेही चुठेर पो गयौ
चिल्ला,मीठा कुरा गर्यो मनै लट्ठ पार्ने
माया गर्ला भन्दा उल्टै कुटेर पो गयौ
एक्लो देखे साथ दिए संगै जाला भनि
दोबाटोमा एक्लो पारी छुटेर पो गयौ
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ