राजा घलेको देशप्रेम अब म्युजिक भिडियोमा


 जर्जिया, एटलान्टा,अमेरिका,  चैत ११,

तारा कुँवर : नेपाली संस्कृति र कला पारखीहरुको लागि यहाँ रहेका राजा घले कुनै नयाँ नाम होइन  नेपाली समुदायको हित तथा सम्मृद्धिका लागि यहाँ बसेर घलेले गरेको योगदान निकै सह्राहनीय छ  यहाँ हुने हरेक नेपाली कार्यक्रमका लागि सबैले सम्झने साझा नाम बनेको छ राजा घले 

कला, संगीत र संस्कृतिका लागि सधैं क्रियाशील रहने मिलनसार र आकर्षक व्यक्तित्वका धनी समेत रहेका घलेले पछिल्लो पटक आम नेपालीलाई आफ्नो कर्मथलो बनेको एटलान्टालाई चिनाउने प्रयास गरेका छन् एक म्युजिक भिडियोमा यहाँका आकर्षक दृश्यहरु कैद गराउने पहल गरेर  त्यति मात्रै होइन उक्त म्युजिक भिडियोमा उनी आफैंले अभिनय समेत गरेर अर्को आयाम थपेका छन्  कलाप्रतिको सम्मान र अभिनयको चासोले पनि उनलाई यसरी रोल मोडेल बनायो देशप्रेमको भावनाले ओतप्रोत एक गीतमा  जसको हालै यहाँ आयोजित एक कार्यक्रममा विमोचन समेत गरिएको छ 

घलेले “लौ माया नमार प्रदेशी नेपालीलाई ” नामक देशप्रेमको भावना रहेको गीतमा अभिनय गरेर यसरी देशप्रेमलाई समेत अभिनयकै माध्यमबाट अझ बढी सार्वजनिक गरेका छन्  डा.उषा अमात्य श्रेष्ठले लेखेको यो गीतमा वरिष्ठ कलाकार पन्नाकाजीका सुपुत्र जसले आफ्नै पहिचान समेत बनाइ सकेका छन् गायक प्रवेशमान शाक्यले स्वर दिएका छन् भने शाक्यलाई महिला आवाजमा गायिका मनिषा पोखरेलले साथ दिएकी छिन  

प्रवेशमानकै संगीत रहेको यो गीतको म्युजिक एरेन्जरमा भूपालमान सिंह रहेका छन्  जर्जियाको एटलान्टामा नेपाली समुदायको इतिहासमा पहिलो पटक यो म्युजिक भिडियोको बिमोचन गरिएको हो  म्युजिक भिडियो विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा यसै सिटीका मेयर ईमानुल रोन्सन थिए भने विशेष अतिथिहरुमा नेपाली समुदायका अग्रज प्रतिनिधिहरु डा. प्रह्लाद पन्त ,डा . रामचन्द्र बराल ,डा .नरकाजी गुरुङ ,नासाका अध्यक्ष संजिव सापकोटा ,जर्जियाको स्थानीय संगठन न्यागका अध्यक्ष प्रणय लामा तथा साहित्यकार सीता पाण्डे हुनुहुन्थ्यो| कार्यक्रमको सभापतित्व एसियन प्यासिफिक अमेरिकन काउन्सिलका महासचिव तथा नासाका पूर्व अध्यक्ष समेत रहेका राजा घलेले गर्नु भएको थियो 

उक्त म्युजिक भिडियोको बिमोचन बुद्धिजीवी डा. प्रल्हाद पन्तको हातबाट गरिएको थियो भने आफ्नो मन्तब्य दिने क्रममा समाजसेवी घलेले सहभागी सबैलाई स्वागत गर्दै उक्त म्युजिक भिडियोको कन्सेप्ट, निर्देशन र छायांकन गर्ने अनिस थापा र मेकअप मेन सोमु मगर थापा लगायत अन्य प्राबिधिकहरुलाई धन्यवाद दिनुभएको थियो 

उहाले यस म्युजिक भिडियोको गीत “लौ माया नमार प्रदेशी नेपालीलाई “मा देश प्रेमको भावना रहेको कुरालाई प्रकाश समेत पार्नु भएको थियो  कार्यक्रममा विभिन्न संघ संस्था ,ब्यबसायीहरु र समाजसेवी हरुबाट उक्त म्युजिक भिडियोको निर्माणमा सहयोग पु-याउने प्राबिधिकहरु तथा निर्देशक र कलाकारहरुलाई खाता ओढाएर सम्मान गरिएको थियो 

“जीवन ज्योति प्रोडक्सन ” को आठौ प्रस्तुतिको रुपमा रहेको यस म्युजिक भिडियोमा एटलान्टाका आकर्षक दृश्यहरु कैद गरिएको छ भने गीतको म्युजिक भिडियोमा राजा घलेलाई मिस नेपाल यु. यस. ए २०१२ को वेस्ट पर्सोनालिटी हात पार्न सफल रक्षा खत्रीले साथ दिएकी छिन्  म्युजिक भिडियो विमोचन कार्यक्रम सोही भिडियोकी अभिनेत्री रक्षा खत्री र सुगम पोखरेलले ठट्यौली र जोकहरु सुनाउदै संचालन गरेर थप मनोरंजन प्रदान गरेका थिए 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com