लक्ष अनि भविस्य त्यो , तुनेर जाउ है । ।
भात्क्या यो मनको कथा , सुनेर जाउ है । ।
बिग्ग्रदै छ वर्तमान , संगै भविस्य त्यो,
विस्वास गर्ने मनलाईनै , चुनेर जाउ है । ।
रमाउदै जान्छौ तिमी , याद्ले सताउला,
मनको ढोका आफैले , थुनेर जाउ है । ।
ती हातले श्रदान्जली , दिन नपाउली ,
सजाउने फूल माल , उनेर जाउ है । ।
गाह्रो होला सोच्नलाई , भोलिका ति दिन,
सपनहरु आज नै , बुनेर जाउ है । ।
लक्ष अनि भविस्य त्यो , तुनेर जाउ है । ।
भात्क्या यो मनको कथा , सुनेर जाउ है । ।
आरके थापा , बोच- दोलखा
हाल , साउदी अरब