अनैतिक क्रियाकलापमा संलग्न पक्राउ

विराटनगर, फागुन १९ ,

जिल्ला प्रहरी कार्यालय मोरङले अनैतिक क्रियाकलाप संलग्न रहेको आरोपमा गेस्ट हाउस सञ्चालकसहित तीनजनामाथि मुद्दा चलाएको छ। विराटनगर उपमहानगरलिका-१४ स्थित प्याराडाइज गेस्ट हाउसबाट अनैतिक क्रियाकलापमा संलग्न रहेका दुईजनालाई शुक्रबार साँझ पक्राउ गरिएको थियो।

यसरी पक्राउ पर्नेहरुमा सीमावर्ती भारतीय बजार जोगवनी बस्ने वेचन मियाँ र विराटनगर-२० की एक युवती रहेको प्रहरीले जनाएको छ। गेस्ट हाउस सञ्चालक मोरङ झुर्किया-४ का गौतम सिंहसहित तीनजनाविरुद्ध वेश्यावृत्तिको मुद्दा दायर गरिएको मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीले बताए। -रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com