देशको लागि मर्नु होइन केही गर्नु आबस्यक छ

 फागुन १९,

यासिन राइ : देश, मातृभूमीकोको माया कसलाई लाग्दैन ! सबैलाई लाग्छ ।   देश हाम्रो शान, मान, सम्मान, पहिचान, गौरब सम्पूर्ण हो । यहीं देश छ र त हामी - हामी छौं । हामीमा स्वतन्त्रता छ, स्वाधिनता छ अनि छुट्टै परिचय छ । तपाइँ यदि कसैलाई सोध्नुहोस देशको माया कति लाग्छ भनेर, पक्कै पनि उसले भन्ने छ म देशको लागि मर्न तयार छु वा म देशको निम्ति ज्यान दिन तयार छु र सायद म पनि यहीं नै भन्छु । तर मरेर उदेष्य पुरा हुँदैन बिल्कुल हुँदैन । उदेष्य पूर्ण गर्न बाच्नु पर्छ ।

देशका लागि धेरै मरे, धेरैले ज्यान दिए, धेरैको रगत चढाई सके, धेरै बलि बनि सके अब केहि गर्ने बेला हो भन्ने हामी सबैले बुझ्नु जरुरि छ । देशका लागि केही गर्न तयार हुनुहुन्छ भने बाँचेर गर्नुहोस मरेर होइन मरेर त सकिनै हाल्यो । अनि कसरि गर्नु हुन्छ ? यस भावको अर्थ देशलाई केही गर्नु हुन्न भन्ने बिल्कुल  होइन गर्नु पर्छ सबैले गर्नु पर्छ आ-आफ्नो स्थान बाट गर्नु पर्छ तर सद-भाव अनि सकारात्मक सोच/बिचारले स्वच्छ समाजको निर्माण अनि देशकै गर्नु पर्छ । 

यत्तिकै मर्छु भन्नु त दरिद्र सोच हुनेछ । अहिले चौतर्फी अराजक, आपराधिक, अन्याय अत्याचार, दुर्बिचार, दुर्नियत, भ्रष्टाचार, बैमनाश्यता, बैभवको भुमरीले समाज र देशलाई नराम्रो सँग गाँजेको छ । यस भ्रमपूर्ण तुवालोलाई तपाइँ हामी मिली चिर्नु पर्छ । जसले समाज र देशलाई नकारात्मक दलदलको नरक मा ठेल्दै छ । तपाइँ, म अनि हामी यदि नेपाली हुनुमा गर्भ गर्छौं भने हामीले असल नागरिक हुनुको कर्तब्य पनि निभाउनु पर्छ । 

अहिले हामीमा छाएको वा एसो भनौं एक-प्रकारले हावी भएको कुरा जसलाई हामी सर्वत्र  देख्न, पढ्न र सुन्न सक्छौं सामाजिक संजाल फेसबुक, ट्वीटरका भित्ताहरुमा काश मेरो ज्यान दिएर देशमा शान्ति, सु-ब्यबस्था कायम हुने भए म मेरो ज्यानै दिने थिए, मर्ने थिए जस्ता भावहरु जुन जो कसैले गर्ने साहस राख्दैन र यो खेलाइचि कुरा पनि होइन ! यस्ता मर्म स्पर्शी भावहरुले स्पष्ट गरेको हुन्छ कि उसको देश/मातृभूमी प्रति लगाव प्रेम कति छ भन्ने तर मरेपछि कसरि ती सपना पूर्ण होलान ? सोचौं एक-पटक फेरी.....अहँ हुन्न तसर्थ हामीले त्यस्तो हाविपनलाई हटाइ सकारात्मक सचेतना फैलाउनु पर्छ त्यस्तो दियो बाल्नु बालौं जस बाट समाज र देशलाई नै स्वच्छता तिर डोर्यओस । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com