झुपडीको चुलो बाल्ने को नै छ र याहाँ
चुइएको छाना टाल्ने को नै छ र याहाँ
शिर दुख्दा सिटामोल खान सकिएन
गरिवको दुःख फाल्ने को नै छ र याहाँ
आङ ढाक्न सकिएन लाज छोप्न पनि
एक सरो टालो हाल्ने को नै छ र याहाँ
लोकतन्त्र गणतन्त्र जस्तो आए पनि
निमुखाको पेट पाल्ने को नै छ र याहाँ
भोका नांगा बिपन्नता हटाउछु भनि
अभियान चाल्न थाल्ने को नै छ र याहाँ
झुपडीको चुलो बाल्ने को नै छ र याहाँ
चुइएको छाना टाल्ने को नै छ र याहाँ
सोम श्रेष्ठ