गज़ल : By, आरके थापा



छैन यो मनको ठेगान खै कता गाछ । ।
कल्पनाको सन्सारमा डुल्न मन लाछ । ।

हिजो भन्द आज फरक देख्छु किन हो,
अनयासै भित्री मुटु कुटु कुटु खाछ । ।

बोलाउछु तर्कियर हिड्ने गर्छे मोरि,
उन्कै पछी लागेर आजै भेटम भाछ । ।

पहिला जस्तो मस्किय बोल्दिन अचेल,
लाग्छ उन्को चोखो माया अरुलेनै पाछ । ।

गोरी भन्दा पनि आहाँ काली मन पर्थ्यो
कालीको त्यो जिवनमा पक्कै कोही आछ । ।

छैन यो मनको ठेगान खै कता गाछ । ।
कल्पनाको सन्सारमा डुल्न मन लाछ । ।

आरके थापा
बोच-दोलखा
हाल साउदी अरब

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com