पाँच पतिसँग साथ आधुनिक 'द्रौपदी'

नयाँ दिल्ली, चैत ५,

पौराणिक धर्मग्रन्थ महाभारतमा द्रौपदीका पाँच पति थिए। ठ्याक्कै उस्तै सुनिने गरी भारतकी एक २१ वर्षीया युवती राजो वर्माका अहिले पाँच पति छन्। महाभारतमा जस्तै सबै दाजुभाइ।

अनि त्यसमा जस्तै पालैपालो उनी दाजुभाइसँग सुत्ने गर्छिन्।कभर एसिया प्रेसले उनको फोटो कथा छापेपछि पश्चिमी ट्याब्ल्वाइडहरुका लागि यो अनौठो खबर बनेको छ। राजो सुरुमा आफूलाई अनौठो लागे पनि अहिले बानी परिसकेको बताउँछिन्।

आधिकारिक रुपमा भने उनका एक पति मात्र छन् २१ वर्षका गुद्दु। चार वर्षअघि १८ वर्ष पुगेपछि उनले विहे गरेका थिए। तर गाउँको चलन अनुसार गुद्दुका दाजुहरु ३२ वर्षका बाज्जु, २८ वर्षक सन्त राम, २६ वर्षका गोपाल र १८ वर्षका दिनेश सबैलाई उनले पति स्वीकार गर्नुपर्‍यो। उनीहरुको एउटा बच्चा पनि छ १८ महिनाको। राजोलाई छोराको बुबा को हो थाहा छैन।(एजेन्सी)


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com