ख्याल ठट्टा नमानिदेउ साच्चै मायाँ लायको छु । ।
उनिलाई पाउँ भनि मठ मन्दिर धाएको छु । ।
मनकामना माताको पाउँ समेत समातेर,
नछुटिने बाचा कसम उनि सामु खायको छु । ।
सोच्या कुरा पुरा हुन्छन ततास्तु भनेका छन्,
आजिवन संगै जिउने आशिर्वाद पायको छु । ।
जता जाउ जता डुलु चारै तिर उनकै साथ ,
मुहार भरी हाँसो खुशी झल मल छायको छु । ।
मनका इच्छा पुरा हुन्छन अवस्यनै भनेर,
सपना हरु बोकेरै हर्षले गित गायको छु । ।
ख्याल ठट्टा नमानिदेउ साच्चै मायाँ लायको छु । ।
उनिलाई पाउँ भनि मठ मन्दिर धायको छु । ।
आरके थापा,
बोच-दोलखा
हाल साउदी अरब