गजल : By, नवराज भट्ट



सबै कुरा पुगेकै थियो एउटै बात को कमी भयो
अधुरो भो जिन्दगानी एउटै हात को कमी भयो

उजाड लाग्छ जिन्दगानी हरियाली छाए पनी
हरा भरा बनाउने एउटै पात को कमी भयो

कति आए कति आए मेरा लागि मर्नेहरू
दु:ख सूख साथदिने एउटै जात को कामी भयो

धेरै आए रातहरू अनगिन्ती सपना बोकी
सुनौलो सपना देख्ने एउटै रात को कामी भयो

नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com