काठमान्डू चैत्र १,
६३ वषर्ीया सीता पोखरेल दुई सयभन्दा बढी छोराछोरीकी आमा हुन् । उनका साथमा अहिले पनि एक सय जना छोराछोरी छन् । भएका सबै स्कुल र क्याम्पस पढ्न जान्छन् ।
धेरैलाई एक वा दुई छोराछोरी पाल्न धौ-धौ परिरहेका बेला उनले यतिको भार उठाएकी छिन् । १२ भन्दा बढी छोरीको विवाह उनले नै गरिदिइन् । अहिले उनका धेरै छोराछोरी सरकारी अधिकृत भैसकेका छन् । यति मात्र होइन उनका साथमा अहिले १२ जना आमाबुवा पनि सँगै बस्छन् ।
विराटनगर-१७ मा ४५ कट्ठा जमिनमा बनेको ६० कोठे घर छ, जहाँ सीता आफ्ना श्रीमान् बालमुकुन्द पोखरेल र १ सय १२ जनाको परिवारका साथ बसोबास गर्छिन् जुन २०४४ सालमा स्थापना गरिएको अनाथ आश्रम हो ।
२०४१ सालमा आफ्नो घरमा दुई जना अनाथ बालबालिका आएर बास मागेपछि उनीहरूप्रति दया पलाएर पाल्ल थालेकी सीता पछि समाजसेवी बनिन् । संखुवासभा जिल्लामा जन्मिएर सानै उमेरमा धरान विवाह गरेर आएकी सीताको समाज सेवाप्रतिको भावनाले उनको परिवारको समेत मन फर्काउन सक्यो । मुठी दानबाट सञ्चालन भएको यो आश्रम अहिले पनि दाताहरूकै सहयोगमा चलेको छ ।नारी:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै