शक्तिशाली देशका दुइ सफल काली : मिसेल र ओपराह

 काठमान्डू चैत्र १,

दास्रो कार्यकालका लागि आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति बाराक ओबामा तथा प्रथम महिला मिसेलले असीम आत्मीयताका साथ चुम्बन आदान-प्रदान गर्दै नृत्य गरे । उक्त नृत्य र चुम्बनले उनीहरूबीच राम्रो तालमेल रहेको दर्सायो । 

ओबामाले धेरै पटक मिसेलजस्ती बौद्धिक एवं माया गर्ने श्रीमती पाएकोमा आफूलाई पृथ्वीको सबैभन्दा भाग्यशाली व्यक्ति बताएका छन् । वैवाहिक जीवनको दुई दशक पार गरिसकेका ओबामा दम्पती संसारकै सबैभन्दा उच्च पदस्थ सफल जोडी मानिन्छन् । जसरी परिभाषित गरिए पनि यसको जग भनेको उनीहरूबीचको दरिलो र निःस्वार्थ प्रेम नै हो । सिकागोको दक्षिण हाइडपार्कस्थित घरदेखि अमेरिकी राष्ट्रपति निवास द ह्वाइट हाउससम्म बाराकलाई हरपल मिसेलको साथ छ । उनको नजर बाराकमाथि न्यायाधीश र निणर्ायकझैं टिकिरहेको देखिन्छ । 

मिसेलले ओबामाका लागि सामाजिक, शिक्षा एवं सहरी विकासका ठूल्ठूला पद त्याग्दा पनि रत्तिभर सोचिनन् । पुर्खाहरू अपि|mकी दास भएका मिसेलको राष्ट्रपति भवनसम्मको यात्रा निःसन्देह विशेष छ । सन् १९६४ को १७ जनबरीमा सिकागोमा मिसेलको जन्म भएको हो । बहालमा बस्ने उनका पिता प|mेजर पम्प अपरेटर तथा आमा मारियान गृहिणी थिइन् । अध्ययनशील स्वभावका दाइ क्रेगसँग स्नेह, खुसी र शिक्षाप्रद वातावरणमा उनी हुर्किन् । उनलाई अघि बढाउन दाइको पूरा साथ रह्यो । उनले न्यूजर्सीको पि्रन्सटन युनिभर्सिटीमा समाजशास्त्र एवं अपि|mकी-अमेरिकी स्टडी पढिन् । 

उनले सन् १९८८ मा म्यासाचुसेट्स क्याम्बि्रजको हार्वर्ड ल स्कुलमा अध्ययन गरिन् । त्यसपछि सिकागो फर्केर अमेरिकाकै छैठौं सबैभन्दा ठूलो सिडली ल र्फममा काम गर्न थालिन् । संसारका १८ सहरमा कार्यालय भएको र १ हजार ७ सय अधिवक्ताले काम गर्ने त्यही थलोमा उनको बाराकसँग भेट भएको थियो । उक्त र्फममा काम गर्ने थोरै अपि|mकी अमेरिकीमा पर्थे-उनीहरू । दिवा भोजमा सरिक भएको अवस्थामा उनीहरूको सम्बन्धको थालनी भएको थियो । त्यसपछि सामुदायिक संगठनको बैठकमा बाराकले पहिलो पटक मिसेललाई प्रभावित तुल्याए । उनीहरूले आफ्नो पहिलो डेटिङमा -सन् १९८८) अमेरिकी निर्देशक सेल्टन ज्याक्सन 'स्पाइक ली' को ड्रामा फिल्म 'डु द राइट थिङ' हेरेका थिए । 

उनीहरू पनि उक्त फिल्मले भनेझैं एकदमै उचित कार्य गर्दै सन् १९९२ मा वैवाहिक जीवनमा प्रवेश गरे । सन् २००७ र २००८ मा राष्ट्रपति छनोटका क्रममा मिसेलले ओबामाको अभियानमा सहयोग गरिन् । सन् २००० मा बाराकले प्रतिनिधि सभा सदस्यका लागि दौडधुप गर्दा उनले भविष्यको अनुमान गरिसकेकी थिइन् । उनले सहयोग गर्ने सर्तमा श्रीमान्लाई चुरोट छाड्न बाध्य पारेकी थिइन् । थुप्रै संघसंस्थामा उच्च अधिकृतका रूपमा कार्यरत मिसेलले बाराक राष्ट्रपति पदका लागि छानिएपछि आफ्नो करियरको त्याग गर्दै ८० प्रतिशत समय निर्वाचन प्रचारमा लगाइन् । 

फरक पृष्ठभूमि र आक्रामक अभिव्यक्ति शैलीका कारण लामो समयसम्म अमेरिकी सञ्चारमाध्यमले उनलाई 'एङ्ग्री ब्ल्याक ओमेन' को उपाधि दिइरहे । उनी त्यसको परबाह नगरी अघि बढिरहिन्, पछि सञ्चारकर्मीहरूले घुँडा टेक्दै उनको पहिरन, व्यक्तित्व र बोलीको प्रशंसा गर्न थाले । राष्ट्रपतिको उम्मेदवार छनोटका लागि सन् २००८ मा आयोजित डेमोक्रेटिक नेसनल कन्भेन्सनमा मिसेलले सार मन्तव्य दिइन् भने सन् २०१२ मा त सम्बोधन नै गरिन् । उनी गरिबी जागरण, पोषण र स्वस्थ खानपिनका पक्षपोषकका रूपमा विश्वभर चिनिएकी छन् । दुई छोरी १४ वषर्ीया मालिया र ११ वषर्ीया ससाकी आमा मिसेल फेसन आइकन र महिलाका लागि रोल मोडलका रूपमा पनि परिचित छिन् । 

अपि|mकी-अमेरिकी महिलाको फेसन, जीवनशैली र सौन्दर्यलाई समेट्ने मासिक पत्रिका 'इसेन्स' को सन् २००६ को मेको अंकमा उनलाई संसारकै २५ प्रेरणादायी महिलामा सामेल गरियो । सन् २००७ र २००८ को जुलाईमा दुई पटक 'भेनिटी फेयर' पत्रिकाले पहिरनमा संसारकै दस उत्कृष्ट व्यक्तिको सूचीमा मिसेललाई राख्यो । उनका छनोटहरू सन् २००९ को फेसन विकका अभिन्न अंग्ा थिए । सन् २००९ को मार्चमा अमेरिकी फेसन एण्ड लाइफ स्टाइल म्यागजिन 'भोग' को कभर पृष्ठमा उनको तस्बिर प्रकाशित भयो । उनी अमेरिकाको चौथो सबैभन्दा बढी बिक्री हुने पत्रिका 'वेटर होम्स एण्ड गार्डेन्स' को सन् २०११ को अगस्त अंकमा कभर पृष्ठमा पनि देखा परिन् । 

उनको गम्भीर योगदानभन्दा फेसनलाई महत्व दिएकोमा मिडियाको निकै आलोचना पनि भयो । मिसेलले पनि सैनिक र कामदार परिवारका लागि गरेको कार्यमार्फत चिनिन चाहेको बताएकी थिइन् । अमेरिकी प्रथम महिला भएपछि उनले घरवारविहीनका आश्रयस्थल र गरिबलाई निःशुल्क एवं थोरै मूल्यमा भोजन उपलब्ध गराउने 'सुप किचेन्स' को पनि भ्रमण गरिन् । अर्गानिक अभियानअन्तर्गत ह्वाइट हाउसको दक्षिण लनमा उनले आर्गेनिक बगैंचा र माहुरीका चाकाहरू स्थापना गरिन् । उनले बाल्यकालमा देखिने मोटोपन घटाउन 'लेट्स मुभ' आन्दोलन पनि चलाइन् । करियर सुरु गरेपछि कहिल्यै चर्चाबाट ओझेलमा नपरेकी अमेरिकाकी अर्की सफल काली महिला हुन्-५९ वषर्ीया ओपराह विन्प|mे । 

ओबामाको राजनीतिक करियरमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विन्प|mे सशक्त आवाज र दमदार प्रस्तुतिको बलमा बीसौं शताब्दीकी धनी अपि|mकी-अमेरिकी महिला भएकी हुन् । कुनै घरानियाँ वा उच्च पहुँचवाला परिवारमा नजन्मिए पनि संसारकै प्रभावशाली महिलाहरूमा उनको नाम लिइन्छ । ओपराहलाई अमेरिकी सञ्चार क्षेत्रकी अग्रणी लगानीकर्ता, सर्वाधिक लोकपि्रय 'द ओपराह विन्प|mी शो' को प्रस्तोता, अभिनेतृ, निर्मातृ तथा परोपकारी महिलाका रूपमा चिनिन्छ । ओपराहको जीवन धेरैलाई काल्पनिक कथाजस्तो लाग्न सक्छ । उनी अमेरिकाको मीसीसीपीमा सन् १९५४ को २९ जनबरीमा जन्मिएकी थिइन् ।

उनलाई एक सुन्दर पुस्तक 'बुक अफ रुथ' को महिला चरित्र 'ओपराह' नाम दिइएको थियो । कमै पढेलेखेका नातेदार एवं छरछिमेकले उच्चारण गर्न नजानेर उनलाई ओपराह भनेर बोलाउन थाले र कालान्तरमा त्यही बिगि्रएको नाम आधिकारिक हुन पुग्यो । भनिन्छ नाममा के छ ? उनको हकमा ठीक त्यस्तै भयो । उनीभित्र लुकेको प्रतिभा अवसर प्राप्तिसँगै तिखारिँदै गयो । उचाइ, रंग, अनुहार र पृष्ठभूमि उनका लागि बाधक भएनन् । उनी अमेरिकी टेलिभिजनको सबैभन्दा पि्रय अनुहार भइन् । सन् १९८३ को सुरुदेखि अहिलेसम्म उनको 'टक शो' संसारमै बढी हेरिने टिभी कार्यक्रममा पर्छ । अमेरिकाको क्यालिफोर्निया मोन्टेसिटोमा बस्ने ओपराहसँग अहिले थुप्रै घर तथा फार्म हाउस छन् । 

अहिले आरामदायी जीवन बिताए पनि उनको बाल्यकाल सहज थिएन । नजिकैका नातेदारबाट नौ वर्षको उमेरमा पहिलो पटक यौन दुव्र्यवहार झेलेकी ओपराहको लगातार पाँच वर्षसम्म शारीरिक शोषण भयो । उनी १४ वर्षको कलिलो उमेरमै आमा बनिन् । ओपराहकी आमा भर्निता ली घर-घरमा गएर काम गर्थिन् । उनीसँग छोरीका लागि एक जोर लुगा किनिदिने रकम पनि हुँदैनथ्यो । गरिबीसँग संघर्ष गरिरहेकी आमासँग छोरीसँग बिताउने समय पनि थिएन । यस्तोमा एक्ली ओपराहका नातेदारले यौन शोषण गरे । त्यो सब सहन नसकी उनी घरबाट भागिन् । घर फर्केर जन्म दिएको ओपराहको शिशुको केही समयपछि मृत्यु भयो । युवा छोरीसँग भएको उक्त पीडादायी घटनाले आमाको आँखा खोल्यो र उनले उनलाई विद्यालय पठाउन थालिन् । 

यो कदमले उनलाई नराम्रो मान्छेबाट टाढा राख्न सहयोग मिल्यो । हजुर आमा हाटी मे लीले ओपराहलाई पढ्न प्रेरित गरिरहिन् । हजुरआमाको अनुशासनमा उनले स्पष्ट उच्चारणका साथ चार वर्षको उमेरमै गीत गाउन र बोल्न सिकेकी थिइन् । शब्दलाई गलत ढंगले भन्दा हजुरआमाले उनलाई छडीलेे पिट्थिन्, त्यसैले उनको जीवन फेरियो । उनी सानी छँदा गुडियाको इन्टरभ्यु लिन्थिन् र घरको पर्खालमा बसेका कागसँग प्रश्न गर्थिन् । यो गुणले पत्रकारिता करियरमा ओपराहलाई उत्तिकै सहयोग पुग्यो । संकटका थुप्रै बेलामा अमेरिका सहर नाशविलका वरमान विन्प|mीको ओपराहको करियरमा ठूलो भूमिका रह्यो । उनकी आमा आर्थिक समस्या पर्दा होस् वा विन्प|mीको आनीबानी सुधार्नुपर्दा होस्, वरमानकहाँ पुर्‍याउँथिन् । रुखो र कडा व्यवहार गर्ने वरमानले ओपराहलाई हिम्मत पनि उतिकै दिन्थेे । 

उनकै मार्गदर्शनमा विद्यालय भर्ना भएर ओपराहले सबैभन्दा लोकपि्रय छात्राको उपाधि हात पारिन् । उच्च माध्यमिक तहमा उनी सधैं 'वक्तृत्वकला टिम' को महत्वपूर्ण हिस्सा रहिन् । उनले १७ वर्षको उमेरमा मिस ब्ल्याक टेनिसको उपाधि पनि हात पारिन् । उनको आवाज र शैलीबाट प्रभावित भएर १९ वर्ष छँदै स्थानीय एक रेडियो स्टेशनले रेडियो समाचारवाचिका बनायो । उनले अध्ययनका क्रममा पनि उक्त काम जारी राखिन् । उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । 

पत्रकारिता करियरमा एकपछि अर्को भर्‍याङ उक्लदै गइन् । वरमानको अनुशासन मिश्रति मायाले ओपराहलाई सही मार्गमा डोर्‍याइसकेको थियो । ओपराहले वरमानलाई आफ्नै पिता मानिन् । त्यसैले उनले आफ्नो नामसँगै बरमानको थर विन्प|mी जोडेकी हुन् । करियरमा सफल ओपराहको थुप्रै पुरुषसँग सम्बन्ध रह्यो । कलेजदेखि करियरको सुरुवातका क्रममा उनले ती सम्बन्धलाई खुलेर स्वीकार गरिन् । मन पर्ने पुरुषसँग भएको प्रेम सम्बन्धलाई इमान्दारीपूर्वक निर्वाह गरिन् । उनले अनुहार, धन, रंग वा पृष्ठभूमि हेरेर कहिल्यै पुरुष साथी बनाइनन् । 'मनले जे खायो, त्यही राम्रो' भनेझैं उनको जीवनमा पुरुष साथीको आवागमन भैरह्यो ।नारी ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com