अमेरिका मार्च १४,
विजय थापा : अमेरिकाको टेक्सास राज्यमा गत शुक्रबार मार्च ८ तारिखका दिन फोर्ट वर्थमा Fossil Ridge High School को आतिथ्यमा हेल्प्स किड्स इन नेपाल (HKIN) भन्ने संस्थाको सहयोगार्थ एक भब्य फेशन (वेशभूषा )पर्दशनको आयोजना गर्यो ।
क्यान्सर (अबुर्द )र्रोगबाट पिडित नेपालका बालबालिकाहरुको सहयोगार्थ आर्थिक रकम संकलन गर्ने पहिले देखि नै हेल्प्स किड्स इन नेपाल संस्था क्रियाशील थियो र यो पुन्य कार्यको लागि मध्य जनवरी २०१३ देखि नै करिब ८० जना फेसन नमुना युवा तथा युवतीहरु छनौट गरि यो प्रदर्सनको लागि जनवरी ३० देखि पुर्व अभ्यास हप्तामा दुई पटक गराईएको थियो ।
ब्यबसायिक फ़ेसन प्रदर्शन जस्तै मंच र सबै सुबिधाले सजावट गरिएको थियो भने करिब २०० वटा जति दर्शक बस्ने व्यवस्था मिलाईएको थियो । टिकट बिक्रि र अन्य श्रोतबाट गरि समुदायलाई समर्पित गर्ने उदेश्यले गरिएको सो प्रदर्शनबाट नेपाली रुपैया करिब २ लाख पचास हजार जति उठेको जानकारी कार्यक्रमकि सक्रिय पदाधिकारी तथा बिभिन्न संघ तथा संस्थामा आबद्द रिचा शर्माले दिएकी छिन् । उठेको रकम जुन उदेश्यले गरिएको छ त्यसैमा खर्च गरिने जानकारी शर्माले दिएकी छिन्।
यो कार्यक्रमको नेतृत्व भबिका जोशीले गरेकी थिईन । सानै उमेरमा तीक्ष्ण बुद्धि र सामाजिक सेवामा पनि निकै क्रियाशील जोशीले गत बर्ष ए एन ए सम्मेलनमा बालबालिका कार्यक्रम र बालबालिकाको लागि हिज्जे प्रतियोगिता अपार सफलताको साथ सम्पन्न गरेकी थिइन् । जोशीले २००९ मा पहिलो उपन्यास प्रकाशित गरि बिश्व प्रसिद्धि कमाएकी थिइन् ।
हेल्प्स किड्स इन नेपाल (HKIN)संस्थाले समाज सेवाको लागि भब्य कार्यक्रम गरेकोमा खुसि प्रकट गर्दै संस्थाकी दुत तथा कार्यक्रम संयोजक भविका जोशी तथा सम्पूर्ण सहभागी नमुना युवा युवती ,कलाकार ,संचारकर्मी ,दाता ,प्रायोजक र सबैलाई कृतज्ञता ज्ञापन गरेको छ ।