पदोन्नति सँगै खनालको स्वदेश फिर्ती
तेलअविव चैत्र १४,
नारीदर्पण डटकम : इज़रायाल्का लागि नेपाली राजदुतवास उपनियोग प्रमुख एवं मिनिस्टर अफ काउन्सिलर श्री 'रमेश प्रसाद खनाल' आफ्नो कार्यअवधि पुरा गर्नुभई स-परिवार आज स्वदेश फर्कनु हुँदैछ । त्यन्तै मिजासिलो, सहयोजी रमेश खनाल इजरायल बसाइ अबधिभारी विभिन्न सङ्घ संस्थाहरु माझ निकै लोकप्रिय हुनुहुन्थियो ।
इज़रयाल्मा हुने जुनसुकै कार्यक्रममा आफ्नो उपस्थिति जनाउनु हुने खनाल सधैं सकारात्मक, राष्ट्रको उन्नति, विकाश र प्रगतिको कामना गर्ने एक-असल नागरिक हो उहाँ । हामी जहाँ गए, रहे पनि नेपालि हुनुको पहिचान र पनलाई भुल्नु हुन्न भन्ने गहन अभिव्यक्तिलाई सबैले आत्मसाथ गर्नु पर्ने हुन्छ।
खनाल दुइ महिना अघि नै 'उपसचिव' मा पदोन्नती हुनु भएका भए उनि स्वदेश फर्किए पछि मात्र परराष्ट्र मन्त्रालयमा उपसचिवको कार्यभार सम्हाल्नु हुनेछ । उहाँलाई हार्दिक बधाई र कार्य सफलताको शुभ-कामना कामना ।