कविता, नारी : By, हरि पौडेल



नारी होइनन बिचारी
हामी हुनु पर्ने हो आभारी
लक्ष्मी हो मेरो घरको भन्छौ
ब्यबहारमा ती हुन्छन शिकारी
सीता द्रोपती ले नै के सुखस् पाए
पुरुष भए पुराण देखि नै अत्याचारी
देखावटी नै देखावटी छ यहाँ
मनाउछौ अहिले दिवस नारी
माता दुर्गा लक्ष्मी भनि पुज्छौं
घर की लक्ष्मी छैनन सुकुमारी
नारी एक फूल सरि हुन
मायाको हुन् ठुलो पिटारी
कोमलताले हलक्क फूल्ने
कठोरताले सुकेको फूलवारी
बाल्यकालमा आमाको माया
बालिख भएमा प्रितामा नै प्यारी
नारी होइनन बिचारी
हामी हुनु पर्ने हो आभारी

हरि पौडेल
बारा, हाल नेदरल्याण्ड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com