राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्षबीच भेटवार्ता

काठमाडौं, चैत १०,

राष्ट्रपति रामवरण यादबब र अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबीच शनिबार भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा भएको भेटमा निर्वाचन आयोगका पदाधिकारी नियुक्तिका बारेमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 

राष्ट्रपतिले पूर्व आयुक्तहरुलाई नै नयाँ नियुक्ती दिदा गर्दा हुन सक्ने कानूनी जटिलता अन्त्य गर्न आग्रह गरेका थिए । रेग्मीले आयुक्तहरुको नियुक्ति संविधान सम्मत भएको भन्दै परिषदको सिफारिश स्विकृत गरिदिन आग्रह गरेको बुझिएको छ । 

यसअघि शुक्रबार यादवले संवैधानिक परिषदले निर्बाचन आयोगमा नियुक्तिका लागि शितल निवास पठाएको नामावलीमा संवैधानिक प्रष्टता माग्दै राष्ट्रपतिले फिर्ता पठाएका थिए । त्यसपछि अन्तरिम मन्त्रिपरिषद अध्यक्ष रेग्मीसहित मुख्य चार राजनीतिक शक्तिको बैठकले नामावली संविधानसँग नबाझिने निष्कर्ष निकालेको थियो । 

उच्चस्तरीय राजनीतिक समितिको सिफारिसमा संवैधानिक परिषदले विहीबार दुई नयाँ सहित पाँच आयुक्तहरुको नाम निर्बाचन आयोगमा नियुक्तिकालागि सिफारिस गरेको थियो । जसमा ६ बर्ष कार्यकाल पूरा गरेर अवकाश पाएका निलकण्ठ उप्रेतीलाई प्रमुख आयुक्त, दोलखबहादुर गुरुङ्ग र अयोधी प्रसाद यादवलाई आयुक्तमा पुनर्नियुक्तिका लागि सिफारिस गरिएको छ । सिफारिस गरिएकामध्ये रामभक्त पीवी ठाकुर र इला शर्मा नयाँ हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com