मीरा थापाको 'गजल सङ्ग्रह' काठमाण्डौ पाज्ञ भवनमा लोकार्पण


काठमान्डू  चैत्र १०,

ईजरायलमा रहेर साहित्यिक सिर्जनामा केही समय अघी देखी अनवरत रुपमा आफुलाई सपर्पण गर्नु भएकी गजलकार मीरा मन थापाले सुन्दर गजलहरुलाई समेटेर पुस्तकको रुप दिनु भएको 'माटो, मुटु र मन' गजल सङ्ग्रह चैत्र १० गते शनिबार काठमाण्डौमा पाज्ञ तथा बरीष्ठ गजलकार बुँद राणाले एक कार्यक्रम बिच लोकार्पण गर्नु भएको थियो भने कृति बारे घनेन्द्र ओझा र प्रभाती किरणले टिप्पणी गर्नु भएको थियो। 

कार्यक्रम युवा कवी बिष्णु प्रवा सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रममा सभापतिको आसनबाट नियात्राकार प्रतीक ढकाल र यस कृतिलाई भूमिकाले सजाउनु हुने गजलकार करुण थापाले शुभकामना दिनु भएको थियो। यसै गरी ईजरायलबाट गजलकार मीरा मन थापाले फोन मार्फत सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। 



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com