नेपालका नौवटा विद्यालयलाई 'अन्तर्राष्ट्रिय पुरस्कार'

काठमाडौं, चैत १२,

ब्रिटिस काउन्सिल नेपालले आज एक कार्यक्रमबीच नेपालका विभिन्न नौवटा विद्यालयलाई 'अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार' प्रदान गरेको छ। काउन्सिलको 'कनेक्टिङ क्लासरुम' परियोजनामा आबद्ध ६४ वटा विद्यालयमध्ये विद्यार्थी र शिक्षकबीच राम्रा र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्नेबाट छनोट गरी ती विद्यालय पुरस्कृत भएका हुन्।

पुरस्कृत हुनेहरूमा गुरुकुल एकेडेमी (धनगढी), अनल ज्योति बोर्डिङ स्कुल (ललितपुर), नागार्जुना एकेडेमी (ललितपुर), हार्भर्ड एकेडेमी (कास्की), एपेक्स स्कुल (रुपन्देही) र करुणनिधि एजुकेसन फाउन्डेसन (कास्की) रहेका छन्। यी विद्यालयले पूर्ण पुरस्कार पाएका हुन्।

यस्तै भूपू सैनिक आवासीय (कास्की) र बलोदय मावि (कास्की) ले आंशिक पुरस्कार पाएका छन् भने कास्कीकै प्यारामाउन्ट पब्लिक स्कुलले स्थापना पुरस्कार पाएको छ। सो पुरस्कार शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्मा र काउन्सिलका देशीय निर्देशक ब्रान्डन म्याकसेरीले संयुक्तरुपमा प्रदान गर्नुभयो। पुरस्कारमा ट्रफी, लोगो तथा प्रमाणपत्र र शैक्षिक सामग्री छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com