ढाका (बंगलादेश), फाल्गुन २१ ,
बंगलादेशमा स्वतन्त्रता संग्रामका बेला भएको अपराधको आरोपमा एक मुस्लिम समर्थक राजनीतिक दलका नेताहरूलाई मृत्युदण्डको सजाय सुनाइएपछि भड्किएको हिंसा आइतबार पनि
जारी नै रहेको छ ।
सुरक्षाको लागि सैनिक तैनाथ रहेको देशको उत्तरी भागमा आइतबार पनि जारी रहेको यस हिंसामा थप १६ व्यक्तिको मृत्यु भएको छ ।
राजधानी ढाकालगायतका विभिन्न स्थानमा भएका प्रदर्शन हिंसात्मक बन्दा ५३ को बिहीबार र शुक्रबार नै ज्यान
गइसकेको थियो । अरू सयौं घाइते पनि भएका छन् ।
बंगलादेशको युद्ध अपराधसम्बन्धी दण्ड सजायका लागि गठन गरिएको अदालतले बिहीबार जमात-ए-इस्लामी नामको बंगलादेशको सबैभन्दा ठूलो मुस्लिम दलका उपाध्यक्ष दिलवर हुसेन सयिदलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
समाचारपछि देशमा झन् ठूलो हिंसा मच्चिएको ्छ । बिहीबार र शुक्रबार त्यहाँ यसअघिको तुलनामा धेरै मात्रामा हिंसात्मक प्रदर्शन भएको र आइतबार पनि जारी रहेको छ । एएफपी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै