तनहुँ, फाल्गुन २१ ,
व्यासनगरपालिका–१ भादगाउँका एक बालक आइतबार अपहरणकारीको पन्जाबाट भागेर मुक्त हुन सफल भएका छन् । भादगाउँ–१ निवासी गङ्गाप्रसाद पोखरेलका छोरा १२ वर्षीय पुकार पोखरेललाई तीन युवकको समूहले कारमा राखेर घाँसीकुवास्थित पृथ्वीराजमार्ग हुँदै लैजाँदै गर्दा बालकको सजगताका कारण भाग्न सफल भएका हुन् ।
कार रोकी राखेको अवस्थामा घाँसीकुवाको देउरालीबाट बालक भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक डासिराम ढुङ्गानाले बताउनुभयो ।
बालकलाई अपहरणकारीले बिहान साढे ८ बजे अपहरण गरेलगत्तै कारमा राखेर पृथ्वीराजमार्गतर्फ अघि बढेको बालकलाई उद्धृत गर्दै ढुङ्गानाले जानकारी दिनुभयो ।
कार देउरालीमा केहीबेर रोकेका बेला उनी झ्यालबाट हामफालेर भागेर अभिभावकको सम्पर्कमा आएको र अभिभावकले ११ बजे उनको उद्धार गरेको बताएको छ ।
छोरा सकुशल पाएका पोखरेल परिवारले त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी गराएका हुन् । ती अपहरणकारीका खोजी भइरहेको प्रहरीले जनाएको छ ।रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै