काठमाण्डौ फागुन २७,
हृदयघातका कारण थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारसलाई थपकेही दिन आइसीयुबाट ननिकालिने भएको छ ।
अवस्था सुधारीदै गए पनि ढुक्क भै हाल्ने अबस्था नभएकाले उहाँलाई अझै केही दिन आइसीयुमा नै राखेर उपचार गरिन लागिएको हो । करिब ३ हप्तादेखि उहाँको समितिभेज अस्पतालमा आइसीयुमा नै राखेर उपचार भइरहेको छ ।
गत फागुन ८ गते हृदयाघात भइ अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको ११ दिनपछिमात्रै होस आएको थियो । मार्च २ मा होस आएपछि भेन्टिलेटर हटाएको ४ दिन भइसकेको छ । तर, उहाँको अवस्थाबारे अस्पतालले पछिल्लो समय कुनै जानकारी दिएको छैन ।
पारसको हेरचाहका लागि बैंकक पुगेको नातेदारहरूको ठूलो टोली अहिलेसम्म नेपाल फर्केको छैन । पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पारस पत्नी हिमानी र तीनजना छोराछोरी पनि बैंककमा ने रहेका छन् ।(Nbritain)
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै