गुम्बामा पढ्दै गरेकी १३ वर्षीया बालिका पासाङ एक-महिना देखि बेपत्ता

सोलुखुम्बु, चैत १६,

थुप्तेन छ्योलिङ यार्सा गुम्बा बेनी सोलुखुम्बुमा गुम्बा शिक्षा पढ्दै गरेकी १३ वर्षीया बालिका पासाङ दिकी शेर्पा एक महिनादेखि हराएकी छिन्। छेस्काम-२ मामेर्कु घर भएकी शेर्पा गत फागुन १५ गते ल्होसार पर्व मनाउन भनी घरबाट हिँडेकी र अहिलेसम्म घरमा नपुगेकी उनका पिता ग्याल्जेन शेर्पाले बताए।

गुम्बाबाट हिजोमात्र पासाङ दिकीलाई कहिले गुम्बामा पठाउने भनी सोध्दामात्र छोरी गुम्बामा नभएको आफूलाई थाहाभएको उनका पिता ग्यालजेन शेर्पाले बताए।

गुम्बाबाट ल्होसार मनाउन हिँडेकी तर घरमा नपुगेकी बालिकालाई देख्नु हुनेले खबर गर्न पनि उनका पिताले आग्रह गर्नुभएको छ। बेनीबाट छेस्काम पुग्न कम्तीमा दुई दिन पैदल हिँड्नुपर्छ। बालिका गुम्बाबाट घर जान भनी एक्लै हिँडेकी बताइएको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com