विद्यार्थीभन्दा कर्मचारी नै बढी कारबाहीमा

बारा, चैत २,

एसएलसीको पहिलो दिन बारामा विद्यार्थीभन्दा परीक्षा अनुशासित बनाउन खटेका कर्मचारी नै बढी कारबाहीमा परेका छन्। एक छात्रा र १५ महिला कर्मचारीलाई केन्द्रबाट निष्काशित गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

सदरमुकाम कलैया वरिपरिको क्षेत्रका केन्द्रबाट निष्काशनमा परेका छन्। केन्द्र प्रमुख, निरीक्षण र सुरक्षा काममा महिला मात्र खटेको पन्ना देवी कन्या उच्च मावि कलैयाबाट छ निरीक्षक निष्काशित भएका छन्। निस्काशित हुनेमा पूजा सिंह, रुपा चौधरी, भवानी दुलाल, प्रभावती देवी चौधरी, सुमन जयसवाल र जानकी मेहतालगायत छन्।

निष्काशनमा परेका कर्मचारीलाई दुई वर्षसम्म निरीक्षणको जिम्मा नदिने र परीक्षा अवधिमा जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने विद्यालय निरीक्षक अशोक रौनियारले बताए। जिल्लामा २६ केन्द्रबाट आठ हजार ६७५ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com