साउदीस्थित सात वर्षसम्म परिवारसँग सम्पर्कविहीन महिलाको उद्धार

दोहा (कतार), फाल्गुन २० ,

होम कार्की : साउदी अरबस्थित नेपाली दूतावासले सात वर्षसम्म परिवारसँग सम्पर्कविहीन भएर घर फिर्न वञ्चित एक घरेलु महिला कामदार (हाउसेड) लाई उद्धार गरेको छ । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार झन्डै ३५ वर्ष कटेकी चित्रमाया घिमिरेलाई पाउनुपर्ने तलब दिलाई उद्धार गरिएको हो ।

साउदीमा परिवारको सम्पर्कमा नरहेका महिलाको संख्या बढी नै रहेको दूतावासको भनाइ छ । 'उनी सात वर्षदेखि परिवारको सम्पर्कमा थिइनन् । परिवारले खोजीका लागि निवेदन दिएको थियो,' उनले भने, 'स्पोन्सर पत्ता लगाएर उनी बस्दै आएको घर पुगेर उद्धार गरिएको हो ।' राजदूत पाण्डेले घिमिरेले आएदेखि मालिकबाट तलबसमेत नपाएको बताए ।

'उनले सात वर्षको तलब ३५ हजार रियाल पाउन बाूकी देखियो,' उनले भने, 'स्पोन्सरलाई त्यो पैसा दिलाउन लगाइयो ।' तीन बच्चाकी आमा घिमिरेले प्राप्त रकम स्वदेश पठाइसकेकी छन् । 'आफूले पाउनुपर्ने तलब पाएपछि खुसी हुूदै घिमिरे स्वदेश गएकी छन्,' राजदूत पाण्डेले भने । घिमिरे भारत हुूदै साउदी पुगेका थिइन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पाण्डेले बताए ।

दूतावासले रियादबाट झन्डै १८ सय किमि टाढा रहेकी गंगा बराललाई पनि उद्धार गरी स्वदेश पठाएको छ । इरानको बोर्डर नजिक रहेको जिजानमा रहेकी बराललाई उद्धार गर्न निकै कठिनाइ परेको थियो । बराललाई घरमालिक्नीले यातना दिूदै आएकी थिइन् ।

'उनलाई उद्धार गरेर रियाद ल्याउन मात्रै ६० हजार रुपैयाू खर्च भएको छ,' राजदूत पाण्डेले भने, 'हामीले स्पोन्सर पत्ता लगायौं । उनी त्यस घरबाट निस्केर हस्पिटलमा काम गर्ने नेपाली महिलाहरूको सम्पर्कमा गएर बसिन् । त्यहाूबाट उनीलाई लिएर दूतावास ल्याइएको हो ।'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com