तुलसीपुर (दाङ), फाल्गुन २१ ,
सरकारले गर्भपतनलाई कानुनी मान्यता दिएपछि राप्ती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।
सो अस्पतालका प्र्रमुख डा केदारराज सेञ्चुरीका अनुसार अस्पतालमा गत साउन महिनादेखि हालसम्म १४५ जनाले गर्भपतनको सेवा लिइसकेका छन् ।
तेल अभाव
अस्पतालले सुरक्षित गर्भपतन गराएबापत रु एक हजार शुल्क लिने गरेको छ । आफूलाई चित्रे डरले गर्दा गर्भपतन गराउने महिलाले आफ्नो ठेगाना भने ढाट्ने गरेको अस्पतालले जनाएको छ ।
यसैबीच जिल्लाका तीनवटा स्वास्थ्य निकायहरूलाई सुरक्षित गर्भपतन गराउने कानुनी मान्यता केही वर्ष अघिदेखि पाए पनि राप्ती अञ्चल अस्पतालले भने यस वर्षदेखि मात्र पाएको हो ।रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै