इज़रायलमा अन्तराष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन


 तेलअभिव फागुन २८,

इजरायलमा रहेका नेपाली नारी हरुले मार्च ८ तारिख अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाएका छन् । सत्यसाई केन्द्र इजरायलले आयोजना गरेको सो नारी दिबस कार्यक्रम सोहि केन्द्रकी अध्यक्ष नेहा गुरुङको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथि राजदुत श्री प्रलाद कुमार प्रसाई र वहाकी धर्म पत्नी सीता प्रसाईको उपस्थिति रहेको थियो । र साथै राजदुताबास बाट रोशन खनाल, हरि प्रसाद प्रसाई को पनि उपस्थित थियो । इजरायलमा संगठित विभिन्न संग संस्थाहरु बाट महिला प्रतिनिधी हरुको उपस्थिति रहेको उक्त कार्यक्रम निकै रौनाक्ताका साथ सम्पन्न भएको थियो । 

नेपाली नारीहरुको ठुलो संख्यामा सहभागी भएर मनाइएको उक्त नारी दिवस कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि प्रलाद कुमार प्रसाई ज्युले दिप प्रजलन गरि शुभारम्भ भएको थियो भने  करिव आधा घण्टा जति भगवानको भजन किर्तन भएको थियो l राजदुत प्रलाद कुमार प्रसाई ले अन्तर्राष्ट्रिय नारी दिवसको बारेमा चर्चा गर्दै नारीहरु एकजुट हुनुपर्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा राजदुत धर्म पत्नीले पनि नारी दिवसको बारेमा चर्चा गर्दै नारी एकजुट भए मात्र नारीहरुले आफ्नो हक सुरक्षित गर्न सक्के जस्ता निकै नै प्रोत्साहित र गहकिला अभिव्यक्ति राख्नु भएको थियो ।

मन्तब्य राख्ने क्रममा साइ केन्द्रकी अध्यक्ष नेहा गुरुङले संसारका उच्च स्थानका महिला हरुको उदहारण दिनुहुदै हिम्मत गरे नारी हरुले गर्न नसक्नेकेही छैन भन्नु भएको थियो भने विभिन्न सङ्घ सङ्गठनका महिला प्रतिनिधिहरुले परदेशमा रहेरपनि नारी दिवस मनाउन पाएकोमा कार्यक्रम आयोजक सत्य साइ केन्द्र कि अध्यक्ष नेहा गुरुङ र उपाध्यक्ष सुर्य सिम्खडा लाइ  आभार व्यक्त गरेका थिए । नारीहरु एकजुट भए मात्र देश, समाज, घर, बलियो हुने र नारी हक सुरक्षित हुन्छ भन्ने कुरा उपस्थित महिला अग्रजहरुले राखेका थिए ।

कार्यक्रमको अन्तमा, सम्पूर्ण नारीहरु  यसरि परदेशमा नारी दिवस मनाउन पाएकोमा निक दङ्ग देखिन्थे । कार्यक्रम निअकै नै उसल्लास्मय वाताबरणमा नाच, गान गर्दै राजदुत प्रलाद कुमार प्रसाई कि धर्मपत्नी सीता प्रसाइले आरति गरेर कार्यक्रमको बिसर्जन गर्नु भएको थियो । ब्यबस्था गरिए अनुसार अन्तमा जल पान कार्यक्रम भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com