विकसित समाजबाट सिक्नु पर्ने संस्कारहरु


 चैत्र १२, 

नेपाली समाज बिभिन्न खालका संस्कारहरुको धनी समाज हो । धर्मको रुपमा विकसित भयका संस्कारहरु हुन वा मानमर्यादा कायम राख्न ब्यबहारमा उतारिएका संस्कारहरु हुन सबैलाई नै हामी आफ्नो पहिचान ठानी गर्वका साथ अबलम्वन गरिरहेका छौ ।आत्मियता नेपाली समाजको सबै भन्दा ठुलो पहिचान दिने संस्कार हो ।

यही संस्कार कै कारण पारिवारिक मान मर्यादा , आफन्त र साथिभाइ सँगको सम्बन्ध सुमधुर पाउन सकिन्छ जुन कुरा विकसित समाजमा अलिक कम भेटाउन सकिन्छ ।एकातिर हामी कहाँ निकै राम्रा संस्कार छ्न भने अर्को तिर यही संस्कार भित्र पनि अन्याय अत्याचार जस्ता दुर्ब्यबहारहरु अझै कायमै छन जसले गर्दा मानविय शभ्यता र शिस्टता भने विकसित समाजको तुलनामा मौलाउन सकिराखेको छैन ।

सामन्यतया बिदेशी विकसित समाजको संस्कार अबलम्वन गर्नु भनेको नेपाली पनामा बिकृती भित्रीनु हो भनि बुझ्ने गरिन्छ । नेपाली समाजले विकसित समाजलाई जसरी ब्याख्या गरे पनि वास्तवमै भन्नु पर्दा बढ्दो आधुनिकिकरण र त्यसै अनुरुप आफुलाई त्यही मार्गमा निर्देशित गर्नु विकसित समाजको पहिलो संस्कार हो । मानिस सामाजिक प्राणी भयको हुनाले जस्तो समाजमा हुर्कन्छ त्यहीको संस्कार र रितिरिवाजलाई अंगाल्दै त्यही कै वातावरणमा भिज्न पुग्छ ।

आफ्ना आफ्ना समाजका आफ्ना आफ्ना संस्कारहरु राम्रो लाग्नु पनि स्वभाविक नै हो तर कतिपय कुराहरु आफ्ना मात्र नभइ अरु समाजबाट सिक्दा पनि हानी नोक्सानी हुँदैन उल्टो फाइदा हुन जान्छ । नेपाली समाजले बिदेशी विकसित समाजबाट सिक्नु पर्ने केहि मह्त्वपुर्ण संस्कारहरु छ्न जुन संस्कारले बिदेशी समाजलाई विकसित बनाइ शभ्य र शिस्ट समाजको परिचय दिलाएको छ ।

१ समयको सदुपयोग - कुनै पनि विकसित रास्ट्र आफै विकसित भयको भने पक्कै होईन । त्यहाँका नागरिकहरु समयको सदुपयोग गर्नमा कठिबद्द छन । फुर्सदको समयलाई कुनै उपलब्धी मुलक कार्यमा बिताउछन तर चोक चोक र गल्ली गल्लीमा समयको दुरुपयोग गरेको वा अरुको निगरानी गर्दै खुट्टा तान्ने प्रबृती फैल्यायको भने कमै देखिन्छ । 

चाहे जस्तो सुकै कठिनाइ नै किन नहोस आफ्नो काम कर्तब्य र जिम्मेवारी लाई समयमा नै सम्पन्न गर्न ब्यस्त देखिन्छ्न । जसले समयको महत्व बुझ्छ उसलाई त्यही मुल्यवान समयले नै सफलता तिर डोर्याउछ । यही समयको सदुपयोगलाई आफ्नो संस्कार बनायकै कारण विकसित समाजका नागरीकहरु ब्यस्त बनेका छन भने आफ्नो ब्यस्तताको प्रतिफल पनि राम्रो सँग पाउन सफल छ्न ।

२ महिला र पुरुष बिच समानता - महिला र पुरुष एक रथका दुइ पाङ्रा मानिए पनि हामो सामाजिक संस्कार भित्र महिला र पुरुष बिचको असमानताको ठुलो खाडल बिधमान रहेको हुँदा यो कुरा बाहिरी रुपमा एक नारा मात्र मै सिमित छ । तर बिससित समाजमा भने महिला र पुरुष ब्यबहारिक रुपमा समानताको यौटै सतहमा उभियका छन । समाजले लैङ्गिक भिन्नता नदेखाइ महिला पुरुष सबैमा बराबर सम्मानित ब्यबहार हरु लागु गरेको छ । 

जसले गर्दा महिलाहरु पुरुषहरु बाट शोषित पिडित छैनन भने पुरुष्हरु पनि महिलाहरुको कुनै पहरेदार मानिदैन । जती स्वतन्त्र रुपमा पुरुषहरु आफ्नो जीवन यापन गरिरहेका छन महिलाहरु पनी त्यती नै स्वतन्त्र र अधिकार सम्पन्न भयर बाचेका छ्न । जसले गर्दा ब्यबहारीक रुपमा चेतको बिकास भइ महिला र पुरुष बराबर भन्ने संस्कार नै बनेको छ, समाजमा समानताको पुणत अनुभूत पाइन्छ । समाजमा अन्याय ,अत्याचार लगायत महिला हिंशा जस्ता दुर्ब्यबहारहरु नगन्य देखिन्छ्न भने शभ्य ब्यबहारले समाज सुसज्जित बन्न पुगेको छ ।

३ हरेक कामलाई सम्मानित नजर - बिदेशी समाज हरेक क्षेत्रमा विकसित हुनुको प्रमुख कारण नै सबै किसिमका कामहरुलाई उत्तिकै प्रथमिकता दिनु हो । चाहे काम ठुलो पदको होस वा सानो पदको नै किन नहोस सबैलाई कामकै परिभाषा दिइ आफ्नो जिम्मेवारी पुरा गर्दछ्न । हामी कहाँ जस्तो कामकै आधारमा कुनै मानिस ठुलो र कुनै मानिस सानो भनि वर्ग निर्धारण नहुनु नै बिदेशी समाज विकसित हुन उन्मुख हुने तत्व हो । 

विकसित समजमा देखिने निकै ब्यबहारिक अनि सकारात्मक पक्ष भनेको नै हाकिम देखी पियन सम्म , मालिक देखी नोकर सम्म बोलिचाली र ब्यबहार मा खासै भिन्नता देखिदैन । चाहे काम जस्तो सुकै किन नहोस अनुकुल अनुसार जसले जसलाई पनि सम्मानित ब्यबहार गर्ने गर्दछ्न । जसले गर्दा सानो काम गर्नेलाई पनि कुनै किसिमको लज्जित हुनु पर्दैन भने ठुलो पदमा बस्ने पनि अनाबश्यक सम्मानको पगरी पाउदैन ।

हरेक कामलाई उत्तिकै सम्मानित नजर बाट हेरिने हुँदा मानिसहरु सबै क्षेत्रमा संलग्न भइ वेरोजगार बस्नु पर्ने समस्या पनि कमै हुने गर्दछ । हरेक क्षेत्रमा रोजगार उपलब्ध हुनु समुन्नत समाजको बिकास हुनु हो । यिनै महत्वपूर्ण कुराहरु लाइ आफ्नो ब्यबहारीक संस्कार बनायकै कारण हामो समाजको तुलानामा बिकसित देशका समाजहरु सभ्य र बिकसित बन्न सफल भयका छन ।

लक्ष्मी मरासिनी ज्ञवाली
गुल्मी हाल इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com